भानु जयन्ती: मेरो अर्घाखाँची

– एकल यात्री -डि.आर.जी सुमन


उत्तर तर्फ बग्ने  दुर्गा अनि सिस्ने खोला !
यस्तो नदि नेपाल मै कमै मात्र होला
धन्चौरको झरना हेर्नु  कस्तो राम्रो गाउ
एक पटक मात्र हेर्नु लाग्नेछ फेरी जाउ !!



मैदानको आलम देबी कलिकाठी सिर !
बागी माथि हंसापुरमा कति ठुलो भिर
ठाडा को कमल दह अनि सिद्धरा को बन
जडी बुटी हरियाली जिल्लाको हो धन !!



नरपानी को चिसो हावा त्यसैमाथि खाँची !
त्यसै माथि पंक्षी हरु खेल्छन नाची नाची
हरियाली प्रसस्त छ के नै रहयो बाकी
सुन्दर ताले भरि पूर्ण मेरो अर्घाखाँची !!



महाभारत सिर संगै लहरे  लेक  घेरा !
कालिकाठी सिरमा चडी लुम्बिनी लाइ हेर
रुपन्देही कपिलबस्तु जिल्ला देखि माथि
अर्घाखाँची जिल्ला मेरो लुम्बिनीको छाती !!