– राम खड्का
खन-९, अर्घाखाँची
रगत सबको रातो नै छतर पनि जात किन
श्रम सिप चलाएर अझै दिन्छौ घात किन
मुर्ति कुद्छौ देवताकामन्दिरमा लगी राख्छौ
मिल्दैन दर्शन भनी हान्ने गर् छौ लात किन
स्वार्थ आफ्नो पुरा गर्न चलाउछौ सिप हाम्रो
भेदभाव गर्ने अछुत भनिसमानताका बात किन
दुई जात सृष्ट्रिका त महिला अनि पुरुष मात्र
उचो निच भनी दिन्छौ पिर व्यथाका खात किन
यात्रा गर्दा आएपनि अनेक कठिन मोडहरु
बढाएनौ कहिलेपनि सहयोगी ति हात किन