विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक चिनको आर्थिक वृद्धीदर पछिल्लो तीन वर्षकै न्युन विन्दुमा

विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक चिनको आर्थिक वृद्धीदर पछिल्लो तीन वर्षकै न्युन विन्दुमा झरेको छ । विश्व वजारमा देखीएको आर्थीक अस्थिरताले चिनिया अर्थतन्त्रलाई सुस्त बनाएको विष्लेषण अर्थविदहरुको छ ।

 

अघिल्लो वर्ष यही समयमा ८ दशमलव १ प्रतिशत वृद्धीद्धर भेटाएको चिनको कुल गार्हस्थ उत्पादनको वृद्धीदर अहिले ७ दशमलव ६ प्रतिशत मात्रै रहेको छ ।

 

 चिनिया अर्थतन्त्र सुस्ताँउदा एशीयाका अन्य ठुला अर्थतन्त्र भएका मुलुकहरु समेत प्रभावित हुनेछन् ।

यो वर्षको सुरुमै चिनले आफ्नो वार्षीक वृद्धीद्धरको प्रक्षेपण घटाएर ७ दशमलव ५ प्रतिशतमा झारेको थियो । आगामी डिसेम्बरसम्म आर्थीक वृद्धीद्धर उकालो नलागे चिनिया अर्थतन्त्र पछिल्लो तिन वर्षकै खराब विन्दुमा पुग्ने अनुमान गरिएको छ ।