पुर्व सभासद्हरुले संविधानसभा पुनस्र्थापनाको पहल गर्न कांग्रेस सभापति सुशील कोईरालासंग आग्रह गरेका छन् ।
एकीकृत माओवादी, नेकपा माओवादी, नेकपा एमाले, नेकपा संयुक्त लगायतका दलका पूर्व सभासदहरुले संविधानसभा ब्युताएर संविधान लेखन पुरा गर्नुपर्नेमा जोड दिएका छन् ।
काँग्रेस सभापति कोइरालासंगको भेटमा उनीहरुले संविधानसभाको चार वर्षको समय त्यसै खेर गएको भन्दै छोटो समयका लागि संविधानसभा ब्युताउनुपर्ने बताए ।
सभासदहरुको माग सकारात्मक भएको भन्दै कोइरालाले यसवारे दलहरुसंग छलफल अघि वढाउने आश्वासन दिनुभयो । – RSS