अर्घाखाँचीमा विद्यालयको अनुपातमा विद्यार्थी सख्या नभएपछि ९ विद्यालय समायोजन, ५ कक्षा घटाईने

– गणेश खनाल


अर्घाखाँची असार ३० गते । विद्यालयको अनुपातमा विद्यार्थी सख्या नभएपछि अर्घाखाँचीमा ९ विद्यालय समायोजन र ५ विद्यालयको कक्षा घटाईने भएको छ ।


विगत १ वर्ष देखी सुरु गरिएको समायोजन प्रकि्रयाबाट अनुसन्धान गरि आवश्यकता देखिएका ति विद्यालयलाई समायोजनमा लगिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानकारी दिनुभयो । छिमेकी विद्यालयमा ति विद्यालय गाविने र आवश्यक पर्ने ठाउँमा शिक्षक पठाउने जनाईएको छ ।


समायोजनमा परेका विद्यालयहरुमा जन शान्ति प्रावी केरुङ्गा जन सेवा प्रावी ढाकावाङ्ग सिद्धवावा प्रावि खनदह छहरा प्रावी अर्घातोष बालमन्दिर प्रावी सन्धिर्खक राधाकृष्णा प्रँवी बल्कोट सिद्ध प्रावी सुर्वणखाल किलारा प्रावी किमडाडा र धुव्रतारा प्रँवी बागी रहेको विद्यालय प्रशासन अधिकृत लिल बहादुर राउत छेत्रीले जानाकारी दिनुभयो ।


यस्तै जनता प्रावी किमडाँडा ५ कक्षाबाट ३ कक्षामा बल्कोट प्रावी बल्कोट ५ कक्षाबाट ३ कक्षामा विद्यँ विकास प्रावि अर्घा ४ कक्षाबाट ३ कक्षामा र जुहार प्रावी डिर्भना ५ कक्षाबाट ३ कक्षामा झारिने भएको छ ।


कक्षा सन्चालनका लागी आवश्यक पुर्वधार नभएकाले विद्यालय एक्सन परेको शनिवार जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा जिशिअ खनालले जानकारी दिनुभयो । निम्म माध्यमिक विद्यालयमा कटौटी गर्नु पर्ने दरवन्दी सख्या १ थप गर्नु पर्ने दरवन्दी १७१ आवश्यक दरवन्दी सख्या १७० रहेको छ ।


यसैगरि उ मावी तथा माध्यमिक तहमा कटौटी गर्नु पर्ने दरवन्दी २६ थप गर्नु पर्ने सख्या ११२ माध्यमिक तहमा आवश्यक दरवन्दी ८६ र उमावी तहमा आवश्यक दरवन्दी ४० रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यस्तै पछिल्लो निर्वाचन आयोगको निर्णयले विद्यालयमा शिक्षक नियुक्ति प्रकि्रया रोकिदा विद्यालयको पठन पाठन समेत प्रभावित भएको जनाईएको छ ।


जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले विद्यालयको पठन पाठनलाई तिव्रता दिनको लागी अनुगमनलाई समेत तिव्रता दिएको जनाईएको छ । यसै गरि मार्दक पर्दाथ सेवन गरेका १ जना शिक्षक र शिक्षकको आचार सहिता विपरित चलेका ३ जना शिक्षकलाई कावार्ही समेत गरेको जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले जनाएको छ ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।