मैले कहिले भनेको थिए र
तिमीसँग माया लगाउदिन भनेर
बरु तिमी आफै टाढिन खोज्थ्यो सधैं
म यो गरिबलाई देखेर|
म तिमीलाई भेट्न आऊदथे
हरेक दिन हातमा फुल लिएर
बरु तिमी आफै तर्किन खोज्थ्यो सधैं
म यो सरीप लाई देखेर
आखिर तिमी सँग आँखा जुधाइ मात्र भयो
धनी पायौ यो गरीबलाई तड्पाइ छाड्यौ|
पाप हुँदो रहेछ क्यारे गरीबले माया प्रिती लगाउनु
बेकार रहेछ जिन्दगी बिना अर्थ कसैलाई दिलमा सजाउनु|