-डि.आर.जी,सुमन (रचना-एकल यात्री)
अर्घा र खाची मिलि बन्यो मेरो जिल्ला
प्रकृतिको देन नै हो हाम्रो यो किल्ला
कति सुन्दर बस्ति छ हरियाली ठाउ
म जहाँ पुगे पनि भुल्दैन त्यो गाउँ
पाणिनिको तपोभूमि पड़ेनाको सिर
सुप देबी देउराली खाचिकोट भिर
दुर्बासाको गुफा छ दुर्गाटारी तिर
हामी सबै एक छौं अर्घाखाँची बिर
सिक्षा संचार यातायात मा हैन कतै कमि
४२ गा.वि.स . भएको जिल्ला हेर्नु कति धनि
पहाडको बिचमा बेसी कति राम्रो
प्रकृतिको धनि जिल्ला अर्घाखाँची हाम्रो