अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिमा साउने मेला

– प्रेमनारायण आचार्य


   अर्घाखाँची ३१ असार ।  अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिमा साउन महिनाभर मेला लाग्ने भएको छ ।


   साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर जलापर्ण सहितको कार्यक्रम राखिएको पाणिनि तपोभूमिका आर्थिक संयोजक धनराज पोखरेलले बताएका छन । पाणिनिको प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पुर् याउने छ ।

 

   ऐतिहासिक  धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल पाणिनि तपोभूमि  अर्घाखाँचीको पणेना र पोखराथोक गाविसको शिरमा रहेको छ ।

 
  हजारौं बर्ष पुरानो इतिहास बोकेको पाणिनि तपोभूमिमा प्राचीन कालमा तक्षशिला बिश्वबिद्यालयका प्राध्यापक भाष वैज्ञानिक महर्षि्र पाणिनिआइ तपस्या गरेको भन्दै आयोजकले यही कारण यस स्थानको महत्व बढी रहेको बताउदै आएका छन । यहाँ पाणिनिले भगवान् शिवको तपस्या गरेको बताइन्छ ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।