अर्घाका पीडित परिवारलाई आर्थिक सहयोग

– वीरेन्द्र केसी

 
अर्घाखाँची – कतारमा रोजगार गर्नेहरुले यहाँका एक पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन । उनीहरुले चन्दा संकलन गरी रकम घरिवारलाई उपलब्ध गराएका हुन । जिल्लाको अर्घा-२ बस्ने जयप्रकाश भुसालकेा परिवारलाई १ लाख ६ हजार ७ सय ५५ रुपैयाँ सहयोग गरेका छन ।


भुसालको यहि असार ५ गते घरमै ज्यान गएको थियो । लामो समय कतारमा रहेका उनी जण्डिसको विारमी भएपछि घर फर्केका थिए । नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा निको नभएपछि घरमै उनको निधन भएको थियो । उनको निधन भएकै दिन छोरा जन्मिएको पनि थियो । २ छोराछोरी आमा र श्रीमतीमात्र घरमा रहेकाले परिवारमा परेको आर्थिक समस्या टार्न अर्घाखाँची लगायत अन्य जिल्लाबाट कतारमा रोजगारी गर्नेहरुले उक्त रकम चन्दा उठाएर भुसालकी श्रीमती तुलसालाई हस्तान्तरण गरिएको कतारबाट सन्धिखर्क आएका दामोदर खनालले जानकारी दिए । आफुहरुको प्रयासमा संकलन गरेको रकमले परिवारलाई केही हदसम्म सहयोग पगेको उनको विश्वास छ । सन्धिखर्कका समाजसेवी युवा नारायण खनालको प्रयासमा उक्त रकम संकलन भएको हो । 

 
आर्थिक सहयोग गर्नेहरुमा चुत्रावेशीका नारायण प्रसाद खनालले १ हजार रियल अर्घाका शालिकराम खनालले ५ सय सन्धिखर्कका हरि आचार्यलय २ सय अर्घाका दामोदर खनालले ५ सय माधव प्रसाद भुसालले १ सय ५० सन्धिखर्कका मित्र मनी मिश्रले १ सय ५० जोरपाटी काठमाण्डौका सुरज भटराईले १ सय ५० सन्धिखर्कका दिपक पंथीले ५० भैरहवाका दिपक खरेलले रु ५० अर्घाका क्रान्ति सिंहले ५० सन्धिखर्कका विनोद भुसालले १ सय १ डिभर्नाका तुल बहादुर केसीले १ सय  अर्घाका नारासयण खडकाले ५० नारायण भुसालले १ सय विष्णु प्रसाद चुँदालीले १ सय मधु खनालले १ सय डिभर्नाका ठाकुर परियारले १ सय नरेन्द्र प्रसाद भुसालले १ सय ईश्वरी विकले ५० नेत्र प्रसाद आचार्यले  १ सय टान बहादुर जिसीले ५० रविलाल कुमालले २०  अर्घाखाँची सेवा समाज दोहा कतारबाट १ सय किमडाडाका गोपाल प्रसाद भुसालले १ सय अर्घाका टोप बहादुर थापाले ५० विष्णु प्रसाद मरासीनिले ३० ढिकुराका किशोर केसीले ५० शोभाखर पौडेलले १ सय डिर्भनाका केशव प्रसाद भुसालले ५० र याकुवले ५० रियल चन्दा सहयोग गरेका हुन । त्यसको नेपाली १ लाख ६ हजार ७ सय ५५ रुपैयाँ हुन्छ ।

 

 





Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।