चितवनमा चिकित्सक र अस्पतालमाथि पटक पटक आक्रमण भएको भन्दै बिरोध स्वरुप आजबाट चितवनका सम्पूर्ण अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।
सुरक्षाको माग गर्दै उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रनु परेको नेपाल चिकित्सक संघ चितवनले जनाएको छ ।
चिकित्सकको लापरवाहीले मात्र नभइ रोगको प्रकृति अनुसार बिरामीको मृत्यु हुने भन्दै अस्पतालमा बिरामीको मृत्यु हुने वित्तिकै आफुहरुमाथि आक्रमण हुने गरेकोले सुरक्षाको प्रत्याभुति नभएसम्म अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्नु परेको चिकित्सकहरुले बताएका छन् ।
अचानक अस्पताल बन्द भएपछि उपचारका लागि बिभिन्न स्थान बाट भरतपुर आएका बिरामी मारमा परेका छन् ।