– भुवन के.सी, अर्घाखाँची
हाल-दोहा, कतार
नेपालको मुख्य आर्थिक विकासमा सहयोग पुराउने बैदेशिक रोजगार देशको बैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतको रुपमा रहेको छ । देशको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुगेतापनि राष्ट् विकासमा आवश्यक पर्ने युवा शक्ति दिनहँु रोजागारीको लागि विदेशी राष्ट्रहरु तर्फ लाग्नुपर्ने तितो वास्तविकता हामी सामु विद्यमान छ यसको मुख्य कारक देशमा रोजागारी तथा स्वरोजगारीका अवसरहरु सृजना गरी स्वदेशमै बस्न सक्ने बातावरण बनाउन नसक्नु प्रति सम्वन्धित सरकारी निकायहरुको गम्भिर ध्यानाकर्षण भएको पाइएको छैन । देशले राजतन्त्र समाप्ती र गणतन्त्र प्राप्तिपछिको पहिलो महत्वपूर्ण कार्य संविधान निर्माणलाइ विभिन्न राजनैतिक दलहरुको सत्ता प्रतिको मोहले गर्दा पटक पटक अवधि थप गर्दा पनि विभिन्न बाधा र अड्चनले गर्दा ४ वर्षको अवधिमा पनि संघिय गणतन्त्र नेपालको संविधान बन्न नसक्नु हामी नेपालीहरुको लागि दुखको कुरा हो । संविधानसभा निस्कृय तथा काम चलाउ सरकारको अवस्थामा देशका विभिन्न भागमा विभिन्न खालका घटना दुर्घटनाहरु घटिरहेकाछन् ।
देशमा शान्ति सुरक्षा छैन् जिम्मेवार व्यक्तिहरुको हत्या एवं चरित्रहत्या गर्ने काम भएरहेको छ । मुख्यरुपमा भन्नु पर्दा देश संविधानविहिन भएको, भ्रष्टाचार नाताबाद, महंगी, राजनैतिक अस्थिरता, शान्ति सुरक्षाको कमीले खलवलिएको बातारण र देशको आन्तरिक कारणले गर्दा अन्य राष्टहरुको हेराईमा परिवर्तन हुनु जस्ता कारणले गर्दा देशमा आशातित अवसरलाई सदुपयोग गर्न नसक्दा समयको अन्तराल सगै तयार भएको विभिन्न दक्ष तथा अर्धदक्ष श्रमहरु बैदेशिक रोजगारतर्फ उन्मुख हुन परेकोछ । दिनहँुजसो भित्रने रेमिटेयान्सले देशको मुख्य आर्थिक सा्रेतमा ठूलो योगदान पुगेको छ तर यसरी नेपाली युवा जनशक्ति विदेशिनुले देशलाई बर्तमान अवस्थामा आर्थिकरुपमा टेवा पुराएपनि दिर्घकालिन रुपमा असर पर्ने कुरामा दुई मत छैन । दिनहु राहदानी लिनको लागि लागेको हजारौ युवायुवतीको लाइनलाई अध्ययन गर्नेहो भने यसैमा धेरै कुराहरु लुकेका छन् यो देशको मुख्य समस्या हो ।
देश विकासमा काध थाप्ने युवा जनशक्ति विदेशिनु यो देशकै लागि गम्भिर विषय हो । हामीले राजतन्त्र समाप्ति पछि देखेकासपनाहरु वास्तविकतामा परिवर्तन गर्ने हो भने विदेशिएको जनशक्तिलाई रोक्नुपर्छ र देशमै अवसरको सृजना गरि स्वदेशमै स्थापित हुने बातारणको व्यवस्था गर्नुपर्ने देखिन्छ । बैदेशिक रोजगारीमा जान चाहेको जनशक्तिलाई उचित मार्गदर्शन र सम्वन्धित विषयमा कार्यरत निकायको भुमिकाको कमिले गर्दा दिनहू कानुनी तथा गैरकानुनी रुपमा संसारको कुना कुनामा पुगेका नेपाली दाजुभाई दिदीवहीनीहरुको स्थितिलाई मुल्यांकन गर्दा हामीले बास्मतविकता थाहा पाउन सक्छौ ।
हाम्रो शान, सगरमाथाको देश, शान्तिका दुत बुध्दको देश, साहसीहरुको देश तर हामीले हाम्रा बैदेशिक रोजगारीमा पुगेका नेपालीले भोगेका समस्या र नेपाललाई सम्मान गर्ने मुलुकले पनि हाम्रा श्रमिक प्रति गरेका व्यवहार प्रति कहिल्यै सकरात्मक तरिकाले लागेका पाइएको छैन संसारको कुनाकुनामा पुग्ने नेपालीलाई म नेपाली हु मेरो देश बहादुरको देश, बुद्द जन्मेको देश सगरमाथाको देश र शान्तिप्रेमी नेपालीको देश हो भन्ने पाठ याद गराउनु पर्ने देखिन्छ । हिजो सज्जन र इमान्दार बहादुर नेपाली हुन्छन भन्ने जो मित्र राष्टहरुको हामी प्रतिको भावना थियो त्यसमा नेपालीहरु वौदिक र विचारमा पनि अव्वल छन् भन्ने सन्देश विश्व सामु सन्देश पुराउनु जरुरी छ त्यो शुरुवात हाम्रा हरेक दिन वैदेशिक रोजगारीमा जाने युवायुवतीहरुलाई सिकाउनुपर्छ ।
यहाँ नेर देशको समस्याले पैदा गरेका अर्को समस्या भएकाले त्यसको समाधान पनि देशले नै गर्नुपर्छ । विभिन्न देशमा नेपाली श्रमिकको हितको लागि विभिन्न संघसंस्थाहरु संघठित भएता पनि ती संघसंस्थाले धरातलमा आएर कार्य गर्नु पर्ने देखिन्छ, सुनौलो सपना बोकेर विदेशीएका नेपाली दाजुभाई दिदीवहिनीहरुको स्थितिलाई राम्ररी अध्ययन गरी सहि समाधानको विधि अपनाउदै आउदो पिढिलाई विदेश हैन स्वदेश र विदेशिएकालाई स्वदेश प्रति आर्कषण हुने प्रवृत्तिको विकास गर्नुपर्ने देखिन्छ।