फेसबूकको रङ्गिन पाटाहरुमा समेटिएको मेरो अबधारणा


-रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली, तनहुँ
हाल – दुबई ( यूएई )


आजको मेडिएको दुनियाँमा जल्दोबल्दो हिसाबले अगाडि बढ्दै सफलताको सर्वोच्च
शिखरमा बसेर सर्बाधिक लोकपृयता हासिल गरेको यहि फेसबूकले नै हो भन्दा दुई
मत नहोला । यस चमत्कारी फेसबूकको आविष्कारक – मार्क जुगर्सलाई पूर्ण
आदार-सम्मानका साथ मान्नै पर्दछ तपाईं-हामी जस्ता सम्पूर्ण
प्रयोगकर्ताहरुले । मानिसहरुको तन-मन र ध्यानलाई चुम्बकिया आकर्षणको
जादुले खिचेर अनि जितेर यो विशाल सञ्जालको जालोभित्र समेट्नु भनेको
चानेचुने प्रतिभा र बिकास-प्रविधिको उपलब्धी भने पक्कै होइन यो, एउटा सफल
र विलक्षण प्रतिभा लिएर जन्मेका ति कर्मठ अनि भाग्यमानी युवा मार्कलाई
ईश्वरिया वरदान नै प्राप्त भएको रहेछ भनेर सोच्दा हुन्छ ।

विज्ञानले ल्याएको यस्तो अलौकिक उपलब्धीलाई मानिसहरुले सदुपयोग र
दुरुपायोग दुईटै तरिकाले प्रयोग गरेको पाइन्छ । यो सबै समायोजन वा
प्रयोजन मानिसहरुको आ-आफ्नो भावना, विचार, दृष्टिकोण , गती र मतिमा
भरपर्ने कुरा हो । फेसबूकको विशाल सञ्जालभित्र समेटिएर मित्रता र
भातृत्तवको चित्र लहरिमा हराउँदै , रमाउँदा सबैलाई हर्ष र खुशीको आभाश
हुनु स्वाभाविक कुरो हो र मानव बिकासको एउटा सबल पक्ष पनि हो । फेसबूक
लगायत मेडियाको समुचित प्रयोगले मानिसको जीवन गतिमा निकै उतार चढाब ल्याइ
प्रगतिमा कायलपलट पनि गराएको छ भने अर्को पाटो दुर्गाती र टाउको दुखाईको
अमिलो-पिरोको धूलो पनि चटाएको पाइन्छ । यस सञ्जालले भूगोलका चारैतर्फका
दूरीहरुलाई छोट्ट्याएर मानिसहरुलाई विशाल चौतारीमा जमघट गराई आपसी विचार
, भावना , मर्म पीडा देखि लिएर हाँसो-खुशी बाँड्दै पिरतिको रमाइलो
वातावरणमा जुट्ने सुनौलो अवसर सृजना गराइदिएको छ । बौद्धिक खुराकीहरु
देखि लिएर मनोरञ्जनको चटनीहरु पनि पस्केर मानिसहरुलाई भुलाउने र डुलाउने
विशाल चौतारी वा सञ्जाल बनेको छ आज यो फेसबूक । दुनियाँका कुना काप्चाका
क्षण-क्षणका घटनहरु, समाचारहरु, आपसी सम्बन्धका तित-मिठा अनुभवहरु,
सङ्गालोहरु अनि उद्धेलित मनका बहाबहरु आदान-प्रदान गर्ने सुनौलो मौका पनि
दिएको छ यस फेसबूकले । मानिसहरुले आ-आफ्नो कर्म , अवस्था , मर्म बोकी
बनाएको स्टाटस अनुसार चल्दै बल्दै र छल्दै जाँदा नजरबाट हराएका परिचित
साथीहरु वा आफन्ताहरु खोज्ने र मिल्ने अवसर दिनुका साथै नयाँ नौला
अपरिचित अनुहारहरुलाई मिल्दो-जुल्दो विचार अनि भावना अनुरुप मित्रताको
लहरि मालामा उनिंदै परिचित हुने सङ्गमस्थल भएको छ यो फेसबूक । आपसी
सम्बन्ध सुमधुर बनाउँदै आफ्ना वैचारिक , बौद्धिक तथा ज्ञानबर्द्धक
खुराकीहरु साटासाट गर्दै, शेयर गर्दै तन मनका तरङ्गहरु यो चित्र लहरिमा
फिंजाउने एउटा गतिलो र विचित्रको सन्देशबाहक मेडिया बनेको छ, फेसबूक आजको
रङ्गिन दुनियाँमा ।


यति हुँदा हुँदै पनि यसका सकरात्मक पक्षका मूल बाटोहरु चटक्क बिर्सेंर
मानिसहरु नकरात्मक धारतिर लागिपरेकै भेटिन्छन । यसका यावत पक्षहरुलाई
चिन्तन मनन गर्दै फेसबूकलाई मैले आफ्नै हिसाबले प्रयोग गरेको नै छु । तर
पनि, यस सञ्जालमा घुम्दै-डुल्दै र फिर्दै जाँदा यहाँभित्र देखिएका रङ्गिन
चित्रहरुमा भएका केही अमिला र धमिला पाटाहरुलाई नियालेर केलाउँदा यसो पनि
भन्न मन लाग्दछ मलाई ।


(१) फेसबूक बन्दैछ —– भेषबूक


सादा चित्र रङ्गिन बनाउने, सरल जीवन जटिल बनाउने, सत्य-तथ्य र यथार्थमा
हिंड्ने-डुल्ने भन्दा आत्मरतिमा रमाउने होडबाजी नै चलेको हो कि जस्तो
लाग्दैछ यो फेसबूक । चित्रै चित्रले भरिएको विचित्रको दुनियाँमा आएको यो
फेसबूक कतै अतिरञ्जित बन्दै वास्तविक फेसबूकबाट हराएर भेषबूक त भन्ने
होइन ? भन्ने कौतुहलता जाग्दो छ, यो सबै तपाईंहरुको स्वविवेकमा भरपर्ने
कुरो हो ।


(२) फेसबूक बन्दैछ —– चेसबूक


फेसबूकमा मानिसहरुले छद्म नाम र उपनाम धेरै राख्ने, आफ्नो वास्तविक नाम,
चित्र र अनुहार सधैं लुकाउने, मुसो भई छिर्ने र व्वाँसो भई निचोर्ने,
चिन्दै नचिनि र बुझ्दै नबुझी अनि स्टाटसलाई ख्यालै नगरीकन सुन्दरीहरुलाई
साथी बनाउने र झूटो भ्रम जालमा फसाउने दुष्कार्यको गोटीहरु चाल्ने यो
चेसबूकको कुनियत बनेको देखिन्छ । केहि समयको मित्रतबाट यदि यो चेसबूकको
पर्दाफास हुन गई ब्लक्क नै गरिदिएपछि बल्ल यस्ता चेसबूकको हावा
खुस्किन्छ, त्यसैले तपाईं-हामीले आज निकै सतर्कता र सावधानी अपनाएर
अपरिचित अनुहारहरुलाई सच्चा फेसबूक हो कि झूटो चेसबूक हो भनेर पहिचान
गर्नु नितान्त जरुरी देखिन्छ ।


( 3 ) फेसबूक बन्दैछ —– गेसबूक


ठूला-साना सबै प्रकारका व्यक्तित्वहरु जमघट भएको विशाल सञ्जाल हो फेसबूक
। आज फेसबूकको ओल्लो-पल्लो भित्ताहरु हेर्ने हो भने साहित्यिका सृजनशील
लेख-रचनाहरु छरपष्ट भएका देख्न सकिन्छ । जस्तै – गजल, मुक्तक, कविता,
केस्रा आदि सजिलै भेट्टाउन सकिन्छ । कसैका मौलिक सृजना र रचनाहरुलाई कपि
र पेष्ट गर्दै चोरी-चकारी गर्ने कोहि-कोहि मनुवाहरु पनि भेटिन्छन् ।
यस्ता चोरीकर्ताहरु भित्र-भित्र बौद्धिक जिरो भए पनि बाहिर हिरो
बन्नुपर्ने ग्रसित रोगले सताएको छ । यस्ता कुत्सित कार्यमा पल्केकाहरुका
लागि यो फेसबूक एउटा गेसबूक नै भएको सावित ठान्छन् । तर यो साहित्यिक
चोरी कार्य निकै नै निन्दनिया हो र सबै मिलेर यसलाई निरुत्साही पार्दै
गलत कार्य हटाउनु पर्दछ ।
( 4 ) फेसबूक बन्दैछ —– केसबूक


कसै-कसैको लागि आज यो फेसबूक निकै टाउको दुखाई र झमेलाको विषय पनि भएको
सुनिन्छ । कसैको व्यक्तिगत मामिलामा ठाडो हस्तक्षेप गर्दै चरित्र हत्या
गर्नु ठूलो अपराध हो । फेसबूकमा अभद्र गाली-गलौज गर्ने, अश्लिल शब्दहरु
प्रयोग गर्ने, अश्लिल भिडियो ट्याग अथवा पोष्ट गरिदिने, कसैप्रति रिस-राग
र ईगो राखी झूटो आरोप वा लाञ्छना लगाई उसलाई बद्नाम गराउने आदि जस्ता
कुचेष्टा र दुष्कार्यहरुको पनि अभिबृद्धी भएको पाइन्छ । यसप्रति तपाईं-हामी सबै
साबधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ । साइबर अपराधीहरुको लागि देशमा
निश्चित नियम कानुनी मापदण्डहरु ल्याउने र त्यसलाई सरकारले तदारुकताका
साथ कार्यन्वयन गर्नुपर्ने देखिन्छ । साइबर अपराधहरु अनि गलत कार्यहरुलाई
कानुनी परिसरमा ठड्याएर त्यसलाई उचित दण्ड-सजाय, कारबाही र जरिबाना
गरेर स्वच्छ समाज र सँस्कारको बिकास गर्नुपर्ने नितान्त जरुरी देखिन्छ ।
त्यसो भएमा मात्र फेसबूक लगायत अन्य मेडिया सञ्जालहरुको उचित बिकास
र प्रबर्द्धन हुने देखिन्छ । यस्ता अनाबश्यक झन्झट र नियतिको चङ्गुलमा
फसेकहाँरुले भन्ने गरेको सुनिन्छ छ कि यो फेसबूक होइन, केसबूक हो भनेर चिन्दछन् ।
त्यसैले , कसैको लागि पनि साँचो अर्थमा व्यबहारिक हिसाबको फेसबूक होस् ,
तर केसबूक भने कदापि नहोस् भन्ने चाहना चाहाना राख्दै चल्ने र खेल्ने गरौं ।


( 5 ) फेसबूक बन्दैछ —– ठेसबूक


यो सञ्जालको चित्र लहरीमा सबै अटाउने र बस्न मिल्ने भएको हुनाले आ-आफ्ना
चिर परिचित नातागोता, ईष्टमित्र, दाजुभाइ, दिदीबहिनी, साथीभाइ लगायत
अपरिचितबाट परिचित बनेका अनुहारहरु समेत टाँसिएका हुन्छन् । तिनीहरुका
आँखाहरु यतै कतै फेसबूकका रङ्गिन भित्ताहरुमा भुलेका र डुलेका हुन सक्छन्
। तसर्थ, कसैको पनि वास्तविकता र अर्थ नबुझीकन चित्रहरु हुत्याउने र
कृया-प्रतिकृयाहरु पोख्दा दायाँ-बायाँ आँच नपुर्याहई वा कसैको मनमा ठेस
नपुर्या ई चल्दा नै पारखी पाइलामा अगाडि बढिएला भन्ने लाग्दछ । यदि त्यसो
गर्न सकिएन भने यो फेसबूक तपाईंको लागि ठेसबूक पनि बन्न सक्दछ ।


अन्तमा, विज्ञानले ल्याएको नयाँ र रमाइलो प्रविधिको सबैले सही सलामतले
सदुपयोग गर्दा हाम्रो जीवन र गती सुमधुर बन्ने थियो कि भन्ने मेरो राय र
सन्देश हो । हुन त सबैको आ-आफ्नै किसिमको रमाउने-हाँस्ने, नाँच्ने र
खेल्ने तरिका अनि पारा होला, मेरो त देखेको र अनुभव गरेको वस्तुस्थितिलाई
स्पष्ट तरिकाले ओकल्ने बानी छ, त्यसमा कुनै गार्योु पिरो नमान्नुहोला ।
एउटा कुरा, मैले के देख्छु भने, अधिकांश मित्रहरु,कुनै पनि साहित्यिक
लेख-रचनाहरु पढ्दै नपढीकन चित्रको आधारमा, अथवा त्यसको भित्री चुरो र
यथार्थ भाव बुझ्दै नबुझी लाइक ठोक्नुहुन्छ, कमसेकम एक चोटि पढेर त्यसको
मर्म र भाव बुझेर लाइक तथा उचित कमेन्ट राख्दा सर्वोत्तम हुने थियो ।
लाइक बाट आफ्नो मात्र छायाँ र मायाँ बुझ्न सकिन्छ, यदि प्रतिकृया आएको
खान्डमा बल्ल सम्बन्धित व्यक्तिको मर्म , विचार अनि सदिच्छा आदि
कुराहरुमा छर्लङ्ग हुन सकिन्छ । लाइक मात्र गर्नाले त्यसमा साथीहरुको
महत्वपूर्ण सोच, विचार र भावना बुझ्न सकिंदैन र त्यस्तो रोजाइले खासै
महत्व र स्थान लिन पनि सक्दैन । बरु छो&a