अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिमा साउने मेला सुरु

– प्रेमनारायण आचार्य


   अर्घाखाँची १ साउन  ।  अर्घाखाँचीको ऐतिहासिक स्थल पाणिनि तपोभूमिमा साउन महिनाभर मेला सुरु भएको छ । 


   साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर जलापर्ण सहितको कार्यक्रम राखिएको पाणिनि तपोभूमिका आर्थिक संयोजक धनराज पोखरेलले बताएका छन । पाणिनिको प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पुर् याउने छ ।

 

   ऐतिहासिक  धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल पाणिनि तपोभूमि  अर्घाखाँचीको पणेना र पोखराथोक गाविसको शिरमा रहेको छ ।

 

  हजारौं बर्ष पुरानो इतिहास बोकेको पाणिनि तपोभूमिमा प्राचीन कालमा तक्षशिला बिश्व बिद्यालयका प्राध्यापक भाष वैज्ञानिक महर्षि्र पाणिनि आइ तपस्या गरेको भन्दै आयोजकले यही कारण यस स्थानको महत्व बढी रहेको बताउदै आएका छन । यहाँ पाणिनिले भगवान् शिवको तपस्या गरेको बताइन्छ ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।