अर्घाखाँचीको चुत्राबेसीमा रहेको सिद्धेश्र शिब मन्दिरमा साउने मेला
श्रावण १ गते, २०६९ मा प्रकाशित
अर्घाखाँचीको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल सिद्धेश्वर शिबालय मन्दिर भक्तिटोला चुत्राबेसीमा आज देखि एक महिना धार्मिक साउने मेला शुरु भएको छ । धार्मिक मेलामा हजारौ भक्तजनहरुको उपस्थिति रहेको छ । आज देखि सुरु भएको साउने मेलाको सुरुको दिन आज बिहान चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्र सिबालय मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सन्धिखर्क बजारका बिभिन्न भाग परिक्रमा गर्दै सन्धिखर्कमा रहेको शिबालय मन्दिरमा पुगेको थियो । त्यस मन्दिरमा देबघाटमा रहेको गंगाजीको जल लयाइउको हुनाले त्यसबाट जल लगि बोल बम भन्दै बजारका बिभिन्न भाग परिक्रमा गरि सिद्धेश्वर सिबालय मन्दिरमा रहेको स्फटिकको शिबिलंगमा अर्पण गरिएको छ । ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिबालय मन्दिरमा अहिले स्फटिकको शिबिलंग राखि दैनिक बैदिक बिधि पुर्बक पुजा आजा गरिदै आएको छ । स्फटिकको शिबिलंग भएको शिब मन्दिर नेपालकै इतिहासमा पहिलो भएको मन्दिरब्यबस्थापन समितिले बताएको छ । साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर जलापर्ण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिबालय मन्दिरका संरक्षक नारायण खनालले बताएका छन । सिद्धेश्वरको प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पुर् याउने छ ।