उत्तर कोरियाले ह्युन योङ छोललाई नयाँ सैन्य प्रमुखमा नियुक्त गरेको छ । उत्तर कोरीयाका वरिष्ठ सरकारी अधिकारहिरुले ह्योनलाई नयाँ सैनिक प्रमुखको रुपमा नियुक्त गरेको त्यहाँको सरकारी समाचार एजेन्सी के.सि.एन.ए. ले जनाएको छ ।
यसअघि हिजोमात्रै सत्ताधारी वर्कर्स पार्टीको केन्द्रीय पोलिटब्युरो वैठकले रि योङ हो लाई सैंन्य प्रमुखसँगै सबै जिम्मेवारीबाट मुक्त गरेको थियो ।
रि सैंन्य प्रमुखको साथै उत्तर कोरीयाको शक्तिशाली केन्द्रीय सैनिक आयोगमा उपप्रमुख समेत थिए । उत्तर कोरीयाली सरकारको तर्फकाट जारी गरिएको विज्ञप्तिमा अस्वस्थताका कारण रि लाई पदबाट हटाईएको जनाइएको छ ।
सैन्य प्रमुखको पदबाट रि को वहिर्गमन र ह्योनको नियुक्तीलाई कतिपय विष्लेषकहरुले उत्तर कोरीयाका युवा नेता किम जोन उनको अपरिपक्व निर्णयको रुपमा हेरेका छन् ।