सरकारले न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका दुई सहसचिवलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरेको छ । मन्त्रिपरिषदको मंगलबार अपराह्न बसेको बैठकले कानुन सेवाका वरिष्ठ सहसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई कानुन सचिवमा र न्याय सेवाका वरिष्ठ सह रजिष्टार रोहितचन्द शाहलाई रजिष्टार (सचिव) मा बढुवा गरेको हो ।
मन्त्रिपरिषदले क्षेत्रीलाई कानुन आयोगको सचिवमा र शाहलाई सर्वोच्च अदालतको रजिष्टारमा पदस्थापन गरेको जानकारी शिक्षा मन्त्री दिनानाथ शर्माले जानकारी दिए । क्षेत्री कानुन आयोगमा निमित्त सचिव र शाह सर्वोच्चमा निमित्त रजिष्टार थिए । कानुन सेवामा सबभन्दा वरिष्ठ सहसचिवलाई सचिव बढुवा गर्ने स्थापित परम्परा छ ।
मन्त्रिपरिषदले न्याय सेवा आयोगको सिफारिसमा सहसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई कानुन सचिवमा बढुवा । क्षेत्रीलाई कानुन आयोगको सचिवमा पदस्थापना र सहरजिस्टारलाई रोहितचन्द्र शाह सर्वोच्च अदालतका राजिष्टारमा बढुवा । उनी कामु रजिस्टार थिए ।