मध्य अमेरिकी राष्ट्र होन्डुरस संसारकै बढी हत्या हुने राष्ट्र बनेको छ । संयुक्त राष्ट्रसंघका अनुसार होन्डुरसमा प्रत्येक ७४ मिनेटमा एक ब्यक्तिको हत्या हुने गरेको छ ।
हत्याको मुख्य कारण कोकीन लगायतका लागू पदार्थको कारोबार रहेको संयुक्त राष्ट्रसंघको ठहर छ । तस्करहरुले होन्डुरसका युवाहरुलाई लागू औषध कारोबारमा जवरजस्ती संलग्न गराउने र नमानेको खण्डमा हत्या गर्ने गरेको बताईएको छ ।
होन्डुरसको मार्ग प्रयोग गरी अमेरिकामा ठूलो मात्रामा कोकिन भित्रिएपछि अमेरिकाले होन्डुरस भएर प्रवेश गर्नेमाथि कडा निगरानी राख्ने गरेको छ । होन्डुरस लागू औषध तस्करहरुको बिगबिगी र भ्रष्टाचारको कारणले पनि बदनाम छ ।