काठमाडौ । नेकपा-माओवादीका कार्यबाहक अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफै पद नछाड्ने दावी गर्दै आन्दोलनको आँधीबेहरीबाट गलहत्याएर बालुवाटार र सिहदरवारबाट निकाल्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले आफूहरु आन्दोलनको तयारीमा रहेकोले तयारी पछि भिषण आन्दोलन गरेर स्वेच्छाचारी प्रधानमन्त्रीलाई आन्दोलनबाटै हटाउने ठोकुवा गरे ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा गजुरेलले प्रधानमन्त्रीलाई हटाउने आन्दोलनमा नेपाली काग्रेस र नेकपा एमालेले नेतृत्व गरेको मोर्चालाई पनि साथै लिएर हिडे पनि क्रान्तिकारी शक्तिहरुको आफूहरुले तेस्रो मोर्चा निर्माण गर्ने खुलासा गरे ।
उनले भने