काग्रेस अर्घाखाँचीका क्षेत्रिय सभापति पाण्डेको मोटरसाइकल दुर्घटनामा निधन, शोकमा बजार बन्द

– प्रेमनारायण आचार्य


    अर्घाखाँची ४ साउन । नेपाली काग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति तथा प्रभाबशाली युबा नेता चन्द्रमणि पाण्डेको आज निधन भएको छ ।

 


एक स्थानिय कार्यक्रममा स्व. चन्द्रमणि पाण्डे।


असार ३१ गते कपिलबस्तुको महेन्द्रकोट गाविसमा पर्ने बिरपुरमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका पाण्डेको काठमाण्डौको बासबारी न्युरो हस्पिटलमा उपचारको क्रममा आज बिहान ७:३० बजे निधन भएको हो ।
 


स्व. चन्द्रमणि पाण्डे।


राजनिति शिक्षा समाज सेबा र ब्यबसायलाई एकै साथ लिएर हिडेका पाण्डे प्याबसन अर्घाखाँचीका जिल्ला अध्यक्ष गैर सरकारी सस्था महासंघका जिल्ला सचिब  नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघका जिल्ला सदस्य लायन्स क्लबका जिल्ला अध्यक्ष लगायतका बिभिन्न संघ सस्थाहरुमा आबद्ध रहेका थिए।
 


स्व. चन्द्रमणि पाण्डे।


अर्घाखाँचीको ठुलापोखरा गाविस वाड नम्बर ९ मा २०३४ सालमा जन्मिएका शैक्षिक  समाजसेबी  राजनितिक तथा बैद्धिक ब्यक्तित्व पाण्डेको ३५ बर्षको अल्पायुमै निधन भए पछि सिंगो अर्घाखाँची जिल्लानै शोक मग्न भएको छ ।
 


एक स्थानिय कार्यक्रममा स्व. चन्द्रमणि पाण्डे।


पाण्डेको निधनमा शोक जनाउदै आज अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र चुत्राबेसी बजार स्तस्फुर्त रुपमा बन्द गरिएका छन् । त्यस्तै शैक्षिक सस्था पनि बन्द भएका  छन् ।


स्वर्गिय पाण्डेका दुई भाइ छोरा रहेका छन् ।

 

 पाण्डेको शबलाई अन्तिम श्रद्धाञ्जलीको लागि भोली शुक्रवार पाटी कार्यालय अर्घाखाँची ल्याईने नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसालले बताए ।

 

स्व. पाण्डेलाई विहिवारै हेलिकप्टरबाट सन्धिखर्क ल्याउन बताईएको भएपनि मौसम प्रतिकुलका कारण भोलीमात्र ल्याईने भएको छ । पाण्डेको निधनले कांग्रेसलाई ठुलो क्षतीपुगेको छ ।

 

 

( Birendra KC, Editor of Arghakhanchi.Com in Arghakhanchi contributed to this report).

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।