एमाले विभाजन: असन्तुष्ट जनजाति नेताहरुलाई जिम्मेबारीबाट हटायो

 काठमाडौं । राजधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार नेकपा एमालेले जातीय पहिचानसहितको संघीयताको पक्षमा उभिएका अदिवासी जनजाति नेताहरुलाई जिम्मेबारीबाट हटाएको छ ।


प्राप्त अनुसार एमाले स्थायी समितिको बुधबार अबेरराति सकिएको बैठकले केन्द्रीय अनुशासन आयोगले सोधेको स्पष्टिकरणलाई सही भएको ठहर गर्दै उपाध्यक्ष अशोक राई सहितका असन्तुष्ट जनजाति नेताहरुलाई जिम्मेबारीबाट हटाएको हो । उपाध्यक्ष राईलाई मोर्चा तथा संगठन विभाग इन्चार्जबाट हटाइएको छ । राईको स्थानमा सचिव शंकर पोखरेललाई ल्याइएको छ ।


साथै जनजाति महासंघको इन्चार्जबाट पृथ्वीसुब्बा गुरुङलाई हटाइएको छ । उहाँको स्थानमा रघुवीर महासेठलाई ल्याइएको छ । यस्तै जनसांस्कृतिक महासंघको इन्चार्जबाट बिजय सुब्बालाई हटाएर प्रदीप नेपाललाई ल्याइएको छ । यस्तै बुद्धिजिवी विभागबाट रकम चेम्जोङलाई हटाएर गोकर्ण विष्टलाई ल्याइएको छ ।


यसैक्रममा अन्य विभागहरुमा जिम्मेबारी फेरफेर गरेको एमालेले असन्तुष्ट नेताहरुलाई भने थया जिम्मेबारी दिइएको छैन । जातीय पहिचानसहितको सहितको पक्षमा उभिएका राईसहितका जनजाति र मधेसी नेताहरुले एमालेले अग्रगामी विचार सूमह गठन गरि पार्टीको औपचारिक बैठक तथा कार्यक्रम बहिस्कार गर्दै आएका छन् ।