काठमाडौं, ५ साउन सिरियामाथि गैरसैनिक नाका बन्दी लगाउने संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेका छन् । सिरियाका राष्ट्रपति विरुद्ध १६ महिनादेखि आन्दोलन भइरहेको छ ।
राष्ट्रपति बसर अलअसदविरुद्धको आन्दोलनलाई सघाउन र असदलाई सत्ता छाड्न दबाब दिन नाका बन्दीको प्रस्ताव गरिएको छ । उक्त प्रस्तावमा सुरक्षा परिषदको बैठकमा पक्षामा ११ मत परेको बताइएको छ ।
चीन र रुसले भिटोसहित विपक्षमा मतदान गरेका छन् । छन् । उक्त प्रस्ताव पारित नभएपछि तीन सय राष्ट्र संघीय शान्ति अनुगमनकर्ताको भविश्य अन्योलमा परेको छ ।
उनीहरुको आज शुक्रबार समयावधि सकिँदै छ ।