काग्रेंस अर्घाखाँचीका क्षेत्रिय सभापति पाण्डेको मृत्‍यु रहस्यमय भएको भन्दै आन्तरिक छानविन प्रकृया सुरु


 

– शोभाखर पन्थी



नेपाली कांग्रेस क्षेत्र नं.१ अर्घाखाँचीका सभापति चन्द्रमणि पाण्डेको रहस्यमय सवारि दुर्घटनामा मृत्यु भएको भन्दै कांग्रेसले आन्तरिक छानविन सुरु गरेको छ । 



घटनाको सत्य तथ्य छानबिन गर्नको लागि काग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीको नेतृत्वमा ५ सदस्यीय उच्च स्तरिय छानबिन टोलि घटनास्थल कपिलबस्तुको बिरपुर पुगेर घटनास्थल र स्थानीय बासिन्दा संग बुझ्न सुरु गरिएको छानबिन टोलिका सदस्य महाधिबेसन प्रतिनिधि बिष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिए ।

 

कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको नेतृत्वमा वास्तविकता छानविनका लागि भन्दै जिल्ला सभापति कमल प्रसाद भुसाल, युवा नेता विष्णु मुस्कान, नेपाली जनसंपर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे, जिल्ला सचिव बासुदेव आचार्य लगायतका नेताहरु अर्घाखाँचीको सीमा क्षेत्र कपिलवस्तुको वीरपुरमा पुगी स्थानीय बासिन्दासग छलफल गरी रहेको कांग्रेसले जनाएको छ ।

 

प्याब्सन अर्घाखाँची,लायन्स क्लवका अध्यक्ष, गैरसरकारी संस्था महासंघका सचिव समेत रहेका पाण्डेको आषाढ ३१ गते कपिलवस्तुको वीरपुरमा मोटरसाईकल दुर्घटनामा परी काठमाण्डौको बासबारी न्युरो हस्पिटलमा उपचारको क्रममा श्रावण ४ गते   बिहान ७: ३० बजे निधन भएको थियो  । 



उनको मृत्यु रहस्यमय भएको भन्दै पार्टीभित्रै चर्को आवाज उठ्न थालेपछी घटनाको वास्तविकता पहिचान गरी दोषीमाथी कारवाहि गर्न नेताहरुले चासो देखाएका हुन् ।

 

राजनिति शिक्षा समाज सेबा र ब्यबसायलाई एकै साथ लिएर हिडेका पाण्डे प्याबसन अर्घाखाँचीका जिल्ला अध्यक्ष गैर सरकारी सस्था महासंघका जिल्ला सचिब  नेपाल पुस्तक तथा स्टेसनरी ब्यबसायी महासंघका जिल्ला सदस्य लायन्स क्लबका जिल्ला अध्यक्ष लगायतका बिभिन्न संघ सस्थाहरुमा आबद्ध रहेका थिए।


  अर्घाखाँचीको ठुलापोखरा गाविस वाड नम्बर ९ मा २०३४ सालमा जन्मिएका शैक्षिक  समाजसेबी  राजनितिक तथा बैद्धिक ब्यक्तित्व पाण्डेको ३५ बर्षको अल्पायुमै निधन भए पछि सिंगो अर्घाखाँची जिल्लानै शोक मग्न भएको छ ।

 

 

 ( Pream Narayan Acharya in Arghakhanchi contributed to this report).

 

 


 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।