दलहरुको अजिम्मेवारीको कारण संविधान सभा विगठनः राष्ट्रपति

– कृष्ण खनाल

 

बुटवल साउन ६ ।  राष्ट्रपति डा.रामवरण यादवलले एमाओवादी काँगे्रस एमाले र मधेशी मोर्चाले जिम्मेवारी पुरा गर्न नसकेका कारण संविधानसभा विघटन भएको बताउनुभएको छ ।


उहाँले संविधानसभा संविधान जारी हुन नक्दा अहिले मुलुकको यात्रा अफठ्यारोमा परेको बताउनुभयो ।


संविधान निर्माण कार्य ९० प्रतिशत हुँदा पनि संविधान जारी हुन नसक्नु मुलुक र मुलुकवासीको लागि दुःखद भएको समेत उहाँले बताउनुभयो ।

 

बुटवल-१४ तामनगरमा स्थापना भएको कोरिया नेपाल इष्टिच्युट अफ टेक्नोलोजीको शनिबार उद्घाटन गर्दै राष्ट्रपति यादवले दलहरुवीच भएको ७ देखि ५ बुँदे सहमतिलाई एमाओवादी काङ्रेस एमाले र मधेसी मोर्चाले कार्यान्वयन गर्न नसकेका कारण नेपाली जनताले दुःख पाउनु परेको बताउनुभयो ।


उहाँले दलहरु सहमतिको आधारमा अघि बढ्न नसकेका कारण मुलुकमा यस्तो अवस्था आएको बताउँदै भन्नुभयो – सरकार दल र संविधानसभाले ठूलो भूल गरेको छ । इतिहाँसले त्यसको मूल्यांकन गर्ने छ ।  मैले  पनि अभिवाकीय भूमिका निर्वाह गर्न नसकेको हो भए भोलिका दिनमा इतिहाँसले मुल्याङ्कन गर्ने छ कसैलाई इतिहाँले छाड्ने छैन ।

 
उहाँले गल्तीबाट पाठ सिक्दै दलहरुलाई अगाडि बढ्न आग्रह गर्दै राजनैतिक दल र प्रधानमन्त्रील छिटो भन्दा छिटो सहमति गरेर देशलाई निकास दिनुपर्ने बताउनुभयो ।

 

व्यक्ति र पाटी भन्दा देश र जनता ठूला हुन त्यसैले देश बनाउन व्यक्तिगत स्वार्थभन्दा  माथि उठ्न उहाँले दलहरुलाई आग्रह गर्नुभयो । दलहरु बिना स्वार्थ सुझ बुझका साथ देश र जनताप्रति प्रतिवद्व भएर लाग्नुपर्छ तवमात्र मुलुकले राजनीतिक निकास पाउन सक्छ उहाँले भन्नुभयो ।


अहिलेको मुलुकको समस्या समाधान गर्न  प्रधानमन्त्रीको भूमिका महत्वपूण हुने बताउँदै उहाँले सहमतिको आधारमापछि पछुताउनु नपर्ने गरी प्रधानमन्त्रीलाई उपयुक्त निकास निकाल्न आग्रह गर्नुभयो ।

 

उहाँले देश र जनताप्रति सरकार उत्तरदायी बन्नुपर्छ सोंच बिचारका साथ गम्भीर भएर पाइला चाल्नुपर्ने सुझाव दिदै सबै निर्णयहरु अध्यादेशबाट गरे लोकतन्त्रलाई कमजोर बनाउने भएकाले बारम्बार अध्यादेश ल्याउन नहुने भन्दै भन्नुभयो- सरकारले पटक-पटक अध्यादेश ल्याएर देश चलाउन खोज्ने काम राम्रो होइन अध्यादेशको शासनले मुलुकले गति लिन सकदैन ।


उहाँले मुलुकमा जातीयता कुरा बढेको देख्दा आफु दुःखी रहेको चर्चा गर्दै हाम्रो पहिलो जात नेपाली हो त्यसैले सबैले नेपाली हुनुमा गर्व गर्नुपर्छ र समाजिक सद्भाव राख्नुपर्छ जातीयताका कुरालाई उठाउन हुँदैन भन्नुभयो ।

 

दक्षिण कोरिया सरकारकारले लगानी गरेर प्राविधिक शिक्षाको अवसर दिएर नेपाल र कोरियाबीचको सम्बन्धलाई थप प्रघाट बनाएको भन्दै कोरिया सरकारलाई धन्यबाद दिनुभयो ।

 
कोइकाका अध्यक्ष पार्क डे वनले प्राविधिक शिक्षालय स्थापनाले कोरिया र नेपालबीचको सम्बन्धलाई उचो राख्ने र नेपालको अर्थतन्त्रलाई सहयोग गर्ने बताउनुभयो ।


उहाँले कोरियाले नेपालको सामाजिक क्षेत्रमा आर्थिक सहयोग तथा लगानी गर्दै आएको चर्चा गर्दै प्राविधिक शिक्षालय मार्फत नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न दक्षिण कोरिया सरकार प्रतिवद्व रहेको बताउनुभयो ।

 
शिक्षामन्त्री दिनानाथ शर्माले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमको व्यवस्थापन गरे दक्ष जनशक्ति उत्पादन गर्ने सबालमा नेपाल सरकार प्रतिवद्व रहेको बताउनुभयो ।


उहाँले बुटवलमा प्राविधिक शिक्षालय स्थापना गर्न ठूलो सहयोग गरेर कोरिया सरकारले दुई देशवीचको सम्बन्धलाई थप सुमधुर बनाएको बताउनुभयो ।

 
सीप युक्त जनशक्ति उत्पादन नहुादासम्म देशको आर्थिक विकास हुन नसक्ने बताउँदै उहाँले प्राविधिक शिक्षाको लागि कोरिया सरकारको सहयोग अति आवश्यक रहेको बताउनुभयो ।


त्यस अवसरमा कोरियाली राजदुत किम इल डो ले यो शिक्षालय स्थापनाले नेपाल-कोरियाको सम्वन्ध अझै प्रगाढ हुने बिश्वास ब्यक्त गर्नुभयो ।


उहाँले दक्ष जनशक्ति राष्ट्रको बिकासका लागि महत्वपुर्ण हुने भएकाले यस शिक्षालयले नेपालको बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

 
कार्यक्रममा सिटीइभिटीका उपाध्यक्ष डा। गोपाल खनाल सदस्य सचिव जयबहादुर टंण्डन लगायतले बोल्नुभएको थियो ।


कोरिया सरकार कोईका को करिब ५५ करोड रुपैयाको लागतमा तामनगरको ९ विगाहा १३ कठ्ठा क्षेत्रफल भित्र निर्माण भएको प्राविधिक शिक्षालयको भवन लगाएतका पुर्बाधार निर्माण कार्य सम्पन्न भइसकेका छन् ।