बीपी र पुष्पलाल गफमै सिमित

७ साउन, काठमाडौं । संविधानसभा बिघटन भए लगत्तै केही दिन तातिएर फेरि सेलाएका नेताहरुलाई अहिले बीपी र पुष्पलाल सम्झने अवसर जुरेको छ । साउन ६ गते बीपी कोइराला र ७ गते पुष्पलाल श्रेष्ठको स्मृति दिवस पर्ने भएकाले हरेक वर्ष यतिबेला उनीहरुको योगदानको चर्चा गर्ने गरिन्छ । यसवर्ष पनि यस्तै भएको छ ।

आईतबार, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३४ औं स्मृति दिवस हो । विक्रम संवत १९८९ साल असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको २०३५ साउन ७ मा निधन भएको थियो । उहाँकै पहलमा २००६ सालमा कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पुष्पलाल लगायतका नेताहरुको पहलमा स्थापना भएको कम्युनिष्ट पार्टी २०२२ सालबाट विभाजन हुन थाल्यो । २०२५ सालमा पुष्पलालले पञ्चायती व्यवस्था बिरुद्ध संयुक्त जनआन्दोलनको कार्यदिशा ल्याउनुभएको थियो ।

पुष्पलालको अघिल्लो दिन बीपीको स्मृति दिवस मनाइने गरिन्छ । शनिबार पहिलो जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोइरालाको २९ औं स्मृति दिवस मनाइयो । जीवनभर प्रजातन्त्रका लागि लडेका बीपीलाई शालीन, सुझबुझ र साहसी नेताको रुपमा चिनिन्छ । विक्रम संवत १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्मिएका बीपीको क्यान्सर रोगका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो । २००७ सालको क्रान्तिपछि २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएपछि उहाँ प्रधानमन्त्री हुनुभएको थियो । तत्कालिन राजा महेन्द्रले निर्वाचित सरकारलाई वर्खास्त गरेपछि भारत प्रवासमा रहेका कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश र्फकनुभएको थियो ।

कुरा जस्तो व्यबहार खै रु

बीपीको आदर्श पछ्याउने कांग्रेस र पुष्पलालको विचार पछ्याउने कम्युनिष्ट दुवै थरी दुवै नेतालाई उत्तिकै सम्मान गर्छन् । दुवैको मार्गदर्शन महत्वपूर्ण भएकाले त्यसको सिको गर्नुपर्नेमा जोड दिन्छन् । शनिबार बीपी र आइतबार पुष्पलालको स्मृति दिवसका अवसरमा भएका कार्यक्रममा नेताहरुले यसबारे चर्को भाषण पनि गरेका छन् । तर व्यवहार उनीहरुको भाषण जस्तो देखिँदैन ।

संविधानसभा बिघटनपछि दुई ध्रुबमा बाँडिएका दलहरुबीचको सम्बन्ध अझै सुदृढ हुन सकेको छैन । दलहरुबीच मात्रै होइन एउटै दलभित्र पनि आन्तरिक विवाद बढ्दो छ । यस्तो बेला बीपीको मेलमिलाप सिद्धान्त र पुष्पलालको संयुक्त कार्यदिशा स्मरणयोग्य छ ।

पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यदिशाबाट मुलुकमा ठूला परिवर्तन भएका छन् । पुष्पलालले मुलुकको राजनीतिक परिवर्तनका लागि वाम