नयाँ दिल्ली – प्रणव मुखर्जी भारतको १३ औं राष्ट्रपति निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी पूर्वसभामुख पीए संगमालाई भारी मत अन्तरले हराउँदै प्रणव राष्ट्रपति भएका हुन् ।
प्रणव मुखजीले ७ लाख १३ हजार ७ सय ६३ मत पाए भने संगमाले ३ लाख १३ हजार ९ सय ८७ मत पाए । प्रतिशतका हिसावले प्रणवले ६९ र संगमाले ३१ प्रतिशत मत पाए ।
जीत पक्का भएपछि पत्रकारसँग कुरा गर्दै मुखर्जीले आफ्नो जीतका लागि जनतालाई धन्यवाद दिए । यूपीए अध्यक्ष सोनिया गान्धी र छोरा राहुलले आइतबार नै मुखर्जी निवास गएर बधाई दिए । प्रधानमन्त्री मनमोहन सिंहले पनि मुखर्जीलाई बधाई दिए । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले फोनमा बधाई दिइन् ।
सम्भवत प्रणवको २५ जुलाईमा सपथ हुनेछ ।
बिहीबार भएको चुनावको मतगणना संसद् भवनमा स्थानीय समयअनुसार बिहान ११ बजेदेखि सुरु भएको थियो । इलेक्टोरोल कलेजबाट राष्ट्रपति चुन्ने संवैधानिक व्यवस्थाअनुरुप लोकसभा र राज्यसभाका मनोनीतबाहेकका सांसद् तथा राज्यहरुका विद्यायकले मत खसोका थिए ।
भारतमा राष्ट्रपति चुनावको मतगणना शुरु भएको छ । नयाँ राष्ट्रपतिको नाम पनि आजै घोषणा हुने बताइएको छ । राष्ट्रपति चुनावमा कांग्रेस नेता प्रणव मुखर्जी र पूर्व सभामुख पीए संगमा चुनावी मैदानमा हुनुहुन्छ । यद्यपि जीत भने यूपीए समर्थित प्रणवकै हुने अनुमान छ ।
भारतमा अनुभवी र शक्तिशाली राजनीतिज्ञ मानिनुहुने मुखर्जी भारतीय काँग्रेस गठबन्धन दलका उम्मेदवार हुन् । प्रणव मुखर्जीलाई जेडीयु, सीपीएम र शिव सेनाले साथ दिएका छन् । भाजपाका उम्मेदवार पीए संगमालाई भने विपक्षी गठबन्धन एनडीएमाआवद्ध पार्टीहरुको समर्थन छ ।
प्रणव मुखर्जीको पक्षमा ७० प्रतिशत मत परेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति पदमा निर्वाचित हुने उम्मेदवार भारतका लागी १४ औं राष्ट्रपति हुनेछन् ।