बेलायतमा २ लाख ७५ हजार भन्दा बढी आप्रवासीहरुको मुद्दा अनिर्णित हुँदा अराजकता बढ्ने आशंका

बेलायतमा २ लाख ७५ हजार भन्दा बढी आप्रवासीहरुको मुद्दा अनिर्णित हुँदा अराजकता बढ्ने आशंका गरिएको छ । बेलायतको आन्तरिक मामिला हेर्ने संसदीय समितिका सदस्यहरुले ठूलो संख्यामा आप्रवासीहरुको मुद्दा छिनोफानो हुन बाँकी रहेको बताएका छन् ।

 


युके बोडर एजेन्सीले मुद्दाहरुको बैधानिक समाधान छिटो निकाल्न समितिले जोड दिएको छ । बेलायतमा अवैध रुपमा बसेका विभिन्न देशका नागरिक माथि कानुनी कारवाही गर्ने चेतावनी दिईएपछि हालै २ हजार भन्दा बढी व्यक्तिहरुले बेलायत छाडेका थिए ।


संसदीय समितिले म्याद गुजारीएकाहरुको मुद्दा हेर्न वर्षौ लाग्ने जनाएको छ । समितिले १ लाख ५० हजार आप्रवासीहरुलाई बेलायतमा बस्न अस्वीकार गरिएको अवस्थामा पाइएको जनाएको छ । ५७ जना विदेशी अपराधी सन् २००६ मा उनीहरुको सम्बन्धित देश नपठाइ छाडेकोमा उनीहरु के कस्तो अवस्थामा बेलायतमा रहेका छन् भन्ने बारेमा पत्ता लाग्न नसकेको समितिको प्रतिबेदनमा उल्लेख छ ।