काठमाडौँ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकार पटकपटक अध्यादेश जारी गरेर मुलुक चलाउने प्रयासमा लागेको आरोप लगाउनुभएको छ ।
युवा सङ्घ नेपालको हिजोदेखि सुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राष्ट्रिय सहमतिका साथ अगाडि बढ्नुपर्ने वर्तमान अवस्थामा अध्यादेश जारी गरेर मुलुक चलाउने सरकारको कदमलाई कुनै पनि हालतमा मान्न नसकिने बताउनुभएको छ ।
उहाँले निर्वाचन आयोगले समेत यथास्थितिमा संविधानसभाको निर्वाचन हुन नसक्ने जनाइसकेको र त्यसका लागि अन्तरिम संविधानमा भएका ऐन संशोधन गर्नुपर्ने भएकाले त्यो कार्य राजनीतिक दलहरूको सहमतिबाट मात्र सम्भव भएको स्पष्ट पार्नुभयो ।