अर्घाखाँचीमा मिनी बस ( फोर्स गाडी) हटाइने, शोकमा मंगलवार अर्घाखाँची बन्द हुने

– वीरेन्द्र केसी


सन्धिखर्क, अर्घाखाँची ।  विगत तीन वर्षदेखि देउराली यातायातद्धारा सन्चालित  फोर्स कम्पनीबाट उत्पादित मिनिबस हटाईने निर्णय भएको छ । आईतवार भएको दुर्घटनालाई लिएर उद्योग वाणिज्य संघले भोली मंगलबार शोक मनाउनको लागि एक दिन सबै यातायात र पसलहरु बन्द गर्ने निर्णय गर्दै घटनामा निधनप्रति दुःख व्यक्र गरेको छ । सबैलाई आफना पसल र गाडीहरु साचालन नगर्न अनुरोध गरेको छ ।  

 


 

आईतवार नरपानीको दहखोलामा उक्त गाडी दुर्घटना भई १५ जनाको ज्यान गएपछि सोमबार आकस्मिक बसेको उद्योग वाणिज्य संघको बैठकले अर्घाखाँचीमा उक्त गाडी सचालन गर्न कण्डिसन नभएको भन्दै जिल्लाबाट विस्थापित गर्नुपर्ने माग गरेको छ । उद्यागी सवारीधनी व्यापारी र सचारकर्मी सहभागी बैठकले उक्त गाडीलाई तराई र काठमाडौ लगायतका ठाउँमा पठाउनुपर्ने माग गरेको छ ।

 


 

बैठकमा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ दउराली यातायाताका पुर्व अध्यक्ष दुर्गा भुसाल उद्योग वाणिज्य संघका उपाध्यक्ष युवराज श्रेष्ठ व्यपारी दुर्गा श्रेष्ठ युवराज बाजाडे नेत्र भुसाल लगायतलॆ उक्त गाडी भनेको ठाउमा ब्रेक नगाग्ने ओजनदार टायरले धान्न नसक्ने भएकाले पहाडको लागि उपयुक्त नभएको बताएका थिए । जिल्लामा तीन वर्ष देखि १८ वटा यस्ता गाडी सचालित छन ।

 


 

देउराली यातायात समितिको चार महिना अघि बसेको बैठकले पनि यी गाडीहरु तराईका जिल्लामा पठाईने र यहाबाट विस्थापित गर्नुपर्ने निर्णय गरेपनि कार्यनव्यन गर्न सकेको थिएन । बैठकमा सवारी चालकलाई टाफिक नियम सम्बन्धी जानकारी दिनुपर्ने प्रशिक्षण दिनुपर्ने चालकको सिटमा तीन जना यात्रु राख्न नपाईने सवारी चालक र यात्रुहरुले मदिरा चुरोट र सुर्तीजन्य वस्तुहरु सेवन गर्न नपाईने लगायतका निर्णय गरिएको छ साथै कुनैपनि गाडीमा सिटभन्दा बढी यात्रु राख्न नपाईने छतमा यात्रु राख्न नपाईने  लगायतका निर्णय गरेको छ । धेरैजसो सवारी चालकले लाप्रवाही गर्दा दुर्घटना हुने गरेको समिक्षा गरियो ।

 


 

सवारीधनीले राम्ररी सवारी चलाउन नसक्ने र सबैभन्दा थोरै तलवमा जसले काम गर्छ त्यसैलाई राख्ने गरेकाले दुर्घटना हुने गरेको छ । महेन्द्र जीप नै अर्घाखाँचीको लागि सबैभनदा भरपर्दा सवारी साधान भएको मानिएको छ । धरै सहभागीले महेन्द्र जीपमा जागिर नपाएपछि बाध्यताले मिनिबसमा चालकको जागिर खान बाध्य भएको गुनासो चालकबाट आएको जानकारी गराएका थिए ।

 


 

फोर्स कम्पनीको मिनिबस सवारीचालकलाई नै असुरक्षित र जोखिम हुने गरेको छ । जिल्लामा धेरै जसो दुर्घटना यही गाडीबाट हुने गरेका छन । अधिकाश यात्रुहरु उक्त मिनिबसमा कन्डिसनहीन  र जोखिम भएकाले जतिबेला जहाँपनि दुर्घटना हुने सक्ने खतरा रहेकाले यात्रुहरु खासै सवार गदैनन बैठकमा समिक्षा गरिएको थियो । प्रशासन प्रहरी यातायात समिति लगायतलाई जानकारी दिई जोखिमपुर्ण गाडीहरु हटाउन सबैले पहल गर्ने निर्णय भएको छ । 

 

 


 

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।