कस्ले देख्यो र आउने समयलाई
कस्ले चिन्यो र आफ्नो भाग्यलाई
आएका थियौ खाली हात
जाने नै छौ खाली हात
मात्र भए पुग्छ हामीलाई हे सुपादेउराली तिम्रो पवित्र आशिर्बाद|
किन आँखा लगायौ हे दैव तिमीले
अरुको खुशी माथि?
कसरी जीवन काट्ने अब
न रहे जीवन साथी?भन हे सुपादेउराली के जवाफ दिउ गएर म माथि?
कि हामीहरुबाट तिम्रो सेवामा कमी भयो कि?
कि हामीहरुले तिमी प्रती अनदेखी गर्यौकी?
किन उठाइ लग्यौ किन तड्पायौ
हामीले तिमीलाई सम्झन भुल्यौकी?
हामी सम्झन भुल्ने छैनौ हे सुपादेउराली तिमीलाई कहिल्यै
जब सम्म एक मुठी प्राण हुन्छ हाम्रो शरीरमा जहिले
आत्मादेखी नै भन्दछौ “श्री सुपादेउराली देबी को”
जय| जय|| जय|||