ललितपुरको सुन्दरीघाटमा सुकुम्बासी राख्ने सरकारको तयारीविरुद्ध स्थानीयबासीको बन्द आह्वान फिर्ता

काठमाडौं ।  ललितपुरको सुन्दरीघाटमा सुकुम्बासी राख्ने सरकारको तयारीविरुद्ध स्थानीयबासीले आजका लागि आह्वान गरेको बन्द फिर्ता लिएका छन् ।

 

सरकारसँग भोलि वार्ता हुने शर्तमा बन्द आह्वान फिर्ता लिइएको उनीहरूले बताएका छन् । तीन दिने बन्दको दोस्रो

दिन हिजो ललितपुर क्षेत्रको जनजीवन प्रभावित बन्यो ।

 

थापाथलीबाट उठाइएका सुकुम्बासीलाई सरकारले सुन्दरीघाटमा अधिग्रहण गरेको जग्गामा बसाउने तयारी गरेपछि ललितपुरका बासिन्दाहरुले विरोध जनाउँदै बन्दको आह्वान गरेका हुन् ।