भारतको आसाममा जातीय दंगा भड्कंदा १९ जनाको मृत्यु भएको छ । आसामका् कोकराझार र चिरांग जिल्लामा जातीय दंगा भड्किएकोले सयौं सर्वसाधरण आ आफनो निवास छोडी भागेका छन् । हिंसामा उत्रेकाहरुले मनलागी ढंगले एक अर्काको घरमा आगजनी गर्नुका साथै घरमा रहेको महिला र बालबालीकालाई कुटपीट पनि गरेकोले हिंसा नियन्त्रण भन्दा बाहिर गएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । हिंसाले उग्र रुप लिएपछी आसामको बिभीन्न जिल्लामा कर्फ्यु लगाइएको छ भने सुरक्षाब्यबस्था कडा तुल्याइएको छ । मुसलमान र बोडो जाती बीच भएको हिंसाका कारण घर छोडेकाहरुलाई शरणार्थी क्याम्पमा राखिएको छ ।