नरपानी चुनढुङ्गा उत्खननको विवादले निम्तायो झडप


 

– उमाकान्त पाण्डे “गाउंले” – 



चुनढुङ्गा उत्खनन संघर्ष समितिका अध्यक्ष लगायतका ४ जनालाई प्रहरीले प्रकाउ गरेको विरोधमा अर्घाखाची जिल्लामा प्रदर्शन गरिएको छ । चुनढुङ्गा उत्खननकार्य बन्द हुनु पर्ने र सञ्चालन गर्नु पर्ने भन्ने दुई पक्षियबीचमा भनाभन र हातहालाहाल भएपछी स्थानीय बासिन्दाहरुले डाईनेस्टिक कम्पनिका निर्देशक महेन्द्र रावल, सुरेन्द्र बेलवासे लगायतलाई कुटपिट समेत गरेका थिए ।



घटनामा दोषी भन्दै प्रहरीले चुनढुङ्गा उत्खनन संघर्ष समितिका अध्यक्ष पदम के.सी., विष्णु पाण्डे, सुर्य बहादुर भट्टराई र गंगा रायमाझिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखेको थियो । प्रहरीले सामान्य सोधपुछ पछी गंगा रायमाझिलाई छोडे पनि अन्य ३ जना विरुद्ध मुद्दा चलाउने तयारी गरेपछी आक्रोशित भएका स्थानिय बासिन्दा हरुले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी गरेका छन् ।



चुनढुङ्गा उत्खननका कारण अर्घाखाचीका नरपानी, खाचीकोट र सीतापुर लगायतका एकदर्जन गाविसमा वातावरणीय तथा पर्यावरणीय क्षती भएको भन्दै दश महिनादेखि स्थानीय बासिन्दाहरुले चुनढुङ्गा उत्खनन बन्द गर्दै आएका छन् ।



गिरफ्तार भएका आफ्ना साथीहरुलाई तत्काल रिहा नगरे सीङ्गो जिल्ला नै ठप्पपार्ने उनीहरुको भनाई छ । यथा अवस्थामै चुनढुङ्गा सञ्चालन भएमा ६ गाविसका हजारौ जनता विस्थापित हुने सीतापुर गाविसका पुर्व उपाध्यक्ष गोवद्र्धन थापाले बताए । उनले भनेप्रहरीले २,४ जनालाई पक्राउ गर्दैमा खानी सञ्चालन हुन सक्दैन ।नरपानी गाविसका गोविन्द वि.सि.ले बल प्रयोग गरी खानी सञ्चालन गर्न खोजिए स्थानीय बासिन्दा प्रतिकारमा उत्रने बताए । जनताले भोग्नु परेको पीडावोध गर्न उनले सरकारलाई आग्रह गरे ।

 


 

६ वर्ष पहिलेदेखि नरपानीमा चुनढुङ्गा उत्खनन गरी कपिलवस्तुको चन्द्रौटामा सीमेन्ट उत्पादन गर्दै आएको डाईनेष्टिक कम्पनि स्थापना कालदेखि नै विवादमा पदै आएको छ । पटक

अन्य समाचारहरु