काठमाडौं, ११ साउन एमाओवादीको केन्द्रीय कार्यालयको बैठक सुरु भएको छ ।
महाधिवेशन आयोजक समितिलाई पूर्णता दिन बैठक केन्द्रित रहने बताइएको छ ।
बैठक पुष्पकमल दाहालनिवास लाजिम्पाटमा बसिरहेको छ । नेता हरिबोल गजुरेलका अनुसार आर्थिक विभाग तथा लेखा शाखा गठनका बारेमा पनि छलफल हुनेछ ।