– सुरेश बोहोरा
गुल्मी हालः कतार
हिमालको देश मेरो सुन्दर ति गाऊहरु |
प्रकृतिले सजिएका हराभरा पाखाहरु ||
बर्षा याम उर्ले होलान खहरे ति खोलाहरु|
मेला पात गर्दै होलान सबै मेरा साथीहरु ||
आमा मेरी जादै होलिन आज पनि रोपाइमा |
मन मात्र दुखिरहन्छ बिरानो यो प्रदेशमा ||
गैरी खेत धितो राखी सुख खोज्ने रहरमा |
महलको आशा गरि पसेको थे सहरमा ||
साहसी हुन् आमा मेरी साठी वर्ष हुदा पनि |
मेरो आश गर्दिनन् है सहरको बाश भनि ||
संघर्स त गर्नै पर्छ भाग्य आफ्नै भोगेपनि |
हासी खुसि हिड्नै पर्छ बाधा अड्चन आएपनि ||
कमि कमजोरी औलाइदिन्
नबिर्सिदिएमा आभारी हुने थिए…