– कृष्ण खनाल
बुटवल असार ११ । पूर्व मन्त्री तथा साहित्यकार प्रदिप ज्ञवालीले शाहित्यकार स्वर्गिय लेखनाथ ज्ञवाली कलम नबेच्ने साहित्यकार भएको चर्चा गर्नुभएको छ ।
विहिबार लेखनाथ ज्ञवाली साहित्यीक प्रतिष्ठान रुपन्देहीले बुटवलमा आयोजना गरेको लेखनाथ ज्ञवालीको दोस्रो स्मृति सभा स्रष्ट्रा सम्मान तथा पुस्तकगिती एल्बम विमोचन कार्यक्रममा बोल्दै एमाले नेता समेत रहनुभएका ज्ञवालीले स्वर्गिय ज्ञवाली नेपाली साहित्यीक तथा राजनैतिक क्षेत्रमा कलमको माध्यमबाट रुपान्तरणको कार्य सुरु गरेको समेत स्मरण गर्नुभयो ।
धेरै लेख्नु भन्दा पनि थोरै लेखेर साहित्यमा दुरगामी छाप पार्न सक्ने साहित्यकार भएको भन्दै नेता ज्ञवालीले स्व।ज्ञवालीलाई साश्वत मानिसको रुपमा सधैभरी मुल्याङ्कन गरिरहने समेत बताउनुभयो ।
पछिल्लो समयमा साहित्य कला र श्रृजना समाज रुपान्तरणको महत्पुर्ण पाटो भएको भन्दै उहाले साहित्य मार्फत समाज रुपान्तरणको लागि कलम चलाउनुपर्ने धारण राख्नुभयो ।
कार्यक्रममा लेखनाथ वाङ्मय प्रतिभा पुरस्कार बाट सम्मानित शाहित्यकार तथा प्रेस काउन्सील नेपालका अध्यक्ष नारायण शर्माले स्व। ज्ञवाली एउटा कवि मात्र नभएर समाजसेवी प्रेरणमदायी अनुकरणीय व्यक्ति भएको धाराणा राख्नुभयो ।
पत्रकारिता क्षेत्रमा स्व।ज्ञवाली सर्वोत्तम असल निष्ठा र निस्वार्थी व्यक्ती लेखनाथ ज्ञवाली भएको भन्दै उहाले भन्नुभयो-पत्रकारितामा निस्वार्थ व्यक्ति भनेको लेखनाथ ज्ञवालीलै हो भन्न मलाई कुनै हिचकिचाहट हुदैन ।
पत्रकारिता क्षेत्रमा लागेर आफ्नो कलम नबेच्ने व्यक्ति स्व।ज्ञवाली भएको समेत उहाको भनाई थियो ।
कार्यक्रममा साहित्यकारहरु बनमालि निकारकार दिल साहनी अर्जुन ज्ञवाली लगाएतले स्वर्गीय ज्ञवालीको जीवनको वारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै एमाले केन्दं्रीय सदस्य विजय पौडेलले पछिल्लो समयमा राष्ट्रियता खडेरीमा परेको भन्दै नया युपा पुष्ताले उक्त खडेरी हटाउनको लागि अग्रसर हुनुपर्ने धारण राख्नुभएको थियो । उहाले भन्नुभयो-ँ राष्ट्रियता खडेरीमा परेको छ यसको लागि युवा पुस्ता जाग्नुपर्ने बेला आएको छ
प्रतिष्ठानका अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षता स्वर्गिय ज्ञवालीकी बहिनी तथा प्रतिष्ठानकी उपाध्यक्ष दुर्गा पौडेललले स्वागत मन्तव्य राख्नुभएको थियो । रुद्र ज्ञवालीको संचालन रहेको कार्यक्रममा स्व। ज्ञवालीको छोरी रम्भा पौडेल रमाद्वरा लेखिएको बुवाको सम्झना नामक कृती र स्व. ज्ञवालीका गितहरु समेटिएको आकांक्षा भण्डारीको गितीएल्बम नानीको विमोचन गरिएको थियो ।
स्व।ज्ञवाली वि.स २००० सालमा जन्मनुभई वि.स २०६७ साल साउन ११ गते निधन भएको थियो । उहाले रचना गर्नुभएका ६ वटा कृर्तिहरु प्रकाशित भएका छन भने ८ वटा कृति प्रंकाशोन्मुख छन ।