काग्रेस अर्घाखाँचीद्धारा रहस्यमय दुर्घटनाको सत्य तथ्य छानबिन आयोग गठन


एक स्थानिय कार्यक्रममा स्व. चन्द्रमणि पाण्डे।

 

– प्रेमनारायण आचार्य

 
   अर्घाखाँची १२ साउन । रहस्यमय मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको सत्य तथ्य छानबिन गर्न नेपाली काग्रेस अर्घाखाँचीले उच्च स्तरिय छानबिन आयोगको गठन  गरेको छ ।


   नेपाली कांग्रेस अर्घाखाँचीको आज बसेको बैठकले  घटनाको सत्य तथ्य बाहिर ल्याउन प्ाध्यापक नन्दराम भटराइको संयोजक्तवमा उच्च स्तरिय छानबिन आयोगको गठन गरेको हो ।


  गएको  असार ३१ गते गोरुसिङ्गेबाट रातको करिब ९ बजेको समयमा सन्धिखर्क तर्फ अउँदै गर्दा कपिलबस्तुको बीरपुर क्षेत्रमा रहस्यमय मोटरसाइकल दुर्घटनामा परी घाईते भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको गएको साउन ४  गतेका दिन काठमाण्डौ स्थित न्यूरो अस्पतालमा  निधन भएको थियो ।


उच्च स्तरिय छानबिन कमिटिको संयोजकमा प्राधयापक नन्दराम भटराइ र सदस्यहरुमा नारायण पौडेल र शान्ता भण्डारी रहेको र आयोगको म्याद १ महिनाको रहेको काग्रेसका जिल्ला कोषाध्यक्ष हरिबहादुर खड्काले बताउनु भयो ।

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।