अंतिम भेट

– बाबु रोका(मगर)
असुरकोट-९ अर्घाखाँची

हाल (नई दिल्ळी,भारत)

न सोधे तिमीले मेरो हालतको वारेमा
किनकी म तड्पीदै छु आज अधेरी रातमा
जान्न न खोजे तिमीले मेरो पवित्र मायाको वारेमा
किनकी म रहने छैन अब कसैको साथमा


बाँच्नलाई मुस्किल भयो आज मलाई
तिम्रो झुटो मायाको घातमा |
कात्रो मात्र ओढेर सुती रहेको छु आज एक्लै
सदा-सदाको लागि दोभानको मसान घाटमा |
 
भेट्न चाहन्छ्यौ भने आउनु तिमी आज 
फुल अबिर लिएर हातमा |
किनकी अंतिम भेट हुने छ
हाम्रो आज दोभानको मसान घाटमा |


न झारे ति झुटो आँशुको थोपा
तिमीले समाजको माझमा |
किनकी मलामी भएर आउनुपर्छ
तिमी आज गाँउलेहरुको साथमा |
          
म हारेर तिमीलाई जिताउदै छु
आज पिरतीको खेलमा|
म खरानी भई बग्दै छु अब
उर्लदै गरेको गण्डकी भेलमा|
उर्लदै गरेको गण्डकी भेलमा|| 
          (समाप्त)