पाल्पा – पाल्पाबाट प्राप्त समाचार अनुसार पाल्पाको बौघापोखराथोक गाविस जोर्तेमा भारतीय नम्बर प्लेटको जीप दुघर्टना हुँदा चालकसमेत १४ जनाको मृत्यू भएको छ । दुई जनाको अवस्था गम्भीर छन् ।
समाचार अनुसार दिल्लीमा ६ दिनअघि मृत्यू भएका धनबहादुर रानाको परिवार आफ्नै घर गुल्मीको थानपति गाविस थोर्गामा काज किरियालागि जादै गर्दा सोही परिवारको दुघर्टनामा मृत्यू भएको छ । मृतक ८ महिला, चार जना बालबालिका र दुई जना पुरुष छन् ।
मृत्यु हुनेमा गाडी चालक भारतिय नागरिक अशोककुमार तिवारी,थानपती गाबिसका एकै परिवारका १४ जना नर बहादुर राना, रिता राना,नाम खुल्न नसकेकी उनकी छोरी,सानु राना,गंगा राना ,खगिस्वरा राना,कावेरी राना,तिर्सना राना,भावना राना,प्यारती राना, पहिचान भएको र अन्य ३ जनाको पहिचान हुन बाँकी रहेको उहाँले बताउनुभयो । दुरर्घटनामा परि घाइते सतेन्द्र रानाको पाल्पामा उपचार भइरहेको छ उनको अबस्था पनि चिन्ता जनको रहेको बताइएको छ ।
गम्भिर घाइते भएका ३० वर्षीय सत्यन्द्र राना र १० वर्षीय निलेश रानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहेको छ । सदरमुकाम तानसमेनबाट २५ किलोमिटर टाढा भएको दुघर्टना शुक्रबार राति ११ बजेतिर भएको हुनसक्ने बताइएको छ ।
समाचार अनुसार मृतकमध्येकै एक जनाले गुल्मी घरमा १२ बजेसम्म आईपुग्छौ भनि फोन गरेकाले ११ बजेतिर दुघर्टना भएको हुन सक्ने आशंका गरिएको हो । तानसेन, तम्घास सडकको जोर्तेबजार नजिकैको घुम्तिबाट ५० मिटर तल कुरुङ्खोलामा दुघर्टनाग्रस्त जीप पुगेको छ । सोही जीपका चालक भारत उत्तरप्रदेशका अशोककुमारको समेत मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख मीरा चौधरीले बताए ।
यसअघि भारतीय तीर्थ यात्रुको निधन भएको आशंका गरिएको थियो ।