स्पेनमा बेरोजगारीको संख्या ५७ लाखभन्दा बढी

अतिगरिब राष्ट्रका गरिबहरुले मात्र ब्यहोर्दै आएको भोकमरी जस्ता समस्या विश्वमा बढ्दो आर्थिक मन्दीका कारण अब विकासको चरण पार गरिसकेका देशले पनि ब्यहोर्न परेको छ । यस्तै संकटमा फसेको छ, युरोपेली मुलुक स्पेन ।


बेराजगारीका कारण अस्तव्यस्त हुँदै गएको स्पेनमा नागरिकहरु राहत शिविरहरुमा खाद्यान्नका लागि लामबद्ध हुन थालेको खबर छ । जबकी यसअघि यस्ता राहत शिविरहरुमा विदेशीहरु मात्र पुग्थे । सञ्चारमाध्यमहरुले जनाए अनुसार स्पेनमा बेरोजगारीको संख्या ५७ लाखभन्दा बढी भएको छ । जुन युरोपमै अधिक हो ।