दार्चुला जिल्लामा शनिबार भूकम्पको धक्का महशुस गरिएको छ । छिमेकीमुलुक भारतसँग सिमाना जोडिएको दार्चुलामा दिउँसो सवा ११ बजे भुकम्पको धक्का महशुस गरिएको हो ।
दार्चुलाबाट केही पर भारतीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पको झट्का ५ रेक्टरस्केल मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पबाट भएको कुनै पनि क्षतिको यकिन विवरण बाहिर आएको छैन । भूकम्पको धक्का आसपासका केही जिल्लामा समेत महशुस गरिएको बताइएको छ ।