कङ्ग्रेस सुशील कोइरालाद्धारा महाधिवेशन भएको दुईवर्षपछि नयाँ १२ सहित ४२ विभागको गठन

राजधानीबाट प्राप्त समाचार अनुसार महाधिवेशन भएको दुईवर्षपछि नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले केन्द्रीय विभाग तथा अञ्चल संयोजकहरु तोकेका छन। सभापति कोइरालाले १२ वटा विभाग थपगरी ४२ वटा विभागको संयोजक र १४ अञ्चलका संयोजकहरु तोकेका हुन।


आज विज्ञप्ती जारीगरी कोइरालाले पार्टी प्रवक्ताको जिम्मेवारी दिलेन्द्र बडुलाई र प्रचार विभागको जिम्मेवारी डा. मिनेन्द्र रिजाललाई दिएको जनाएका हुन।


यसैगरी आनन्दप्रसाद ढुंगानालाई संगठन, पुर्णबहादुर खड्कालाई संसदीय, डा.रामशरण महतलाई प्राकृतिक स्रोत साधन, दिपकुमार उपाध्यायलाई उद्योग तथा व्यपार, सुजाता कोइरालालाई विदेश, डा.शशांक कोइरालालाई स्वास्थ्य, बद्री पाण्डेलाई श्रमिक, मनमोहन भट्टराईलाई साहित्य तथा बालकृष्ण खाँडलाई कृषि तथा सहकारी विभागको जिम्मेवारी दिइएको छ ।

 


विज्ञप्तीको पूर्ण विवरण


श्रावण १३, २०६९


प्रेस विज्ञप्ति


(१) नेपाल विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल किसान संघ र नेपाल राष्ट्रिय मगर संघको महाधिवेशन सम्पन्न गर्न गराउन र तदर्थ समितिलाई सहयोग गर्न तथा निर्देशन दिन देहाय बमोजिमको केन्द्रीय निर्देशन समिति गठन गरिएको छ । 


संयोजक