चीनको पूर्वी भागमा कागज कारखानाले प्रदूषण फैलाएको विरोधमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको छ । प्रदर्शनकारीले सांघाई नजिकैको किदोङमा दुई गाडी पल्टाइदिएको तथा सरकारी कार्यालयमा प्रवेश गरेका थिए ।
सरकारी कार्यालय अगाडि ५० हजार प्रदर्शनकारी भेला भएका थिए । प्रदर्शनकारीले मदिराका बोटल तथा चुरोटका बट्टा खोसिदिएको बताइएको छ । यी सामग्री चिनियाँ अधिकारीहरुलाई घूसको रुपमा दिने गरिएको बताइएको छ ।
चीनमा वातावरणीय क्षतिप्रति विरोध प्रदर्शन बढेको छ । कागज कारखाना पूर्णरुपमा सञ्चालन भएपछि यसबाट प्रति दिन १ लाख ५० हजार टन फोहोर बग्ने बताइएको छ ।