सर्वोच्चद्धारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यबस्थापन जिम्मा भारतीय कम्पनीलाई दिने तयारी रोक्न अन्तरिम आदेश जारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यबस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने सरकारको तयारी रोक्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिमआदेश जारी गरेको छ । भारतीय कम्पनीलाई विमानस्थलको ब्यबस्थापन गर्न दिने सरकारको तयारी विरुद्ध परेको रिटमा आज सर्वोच्चले प्रारम्भिक सुनुवाई गर्दै सरकारलाई उक्त कार्य तत्काल रोक्न आदेश दिएको हो ।


सर्वोच्चको विशेष अदालतमा भएको सुनुवाईमा न्यायाधीशहरुबीच मत बाझिएको छ । ३ सदस्यीय इजलासमा न्यायाधीशद्धय सुशीला कार्की र तर्कराज भट्टले उक्त निर्णय कायान्वयन नगर्न अन्तरिम आदेश दिएका थिए ।



त्यस्तै अर्का न्यायाधीश रामकुमार प्रसाद साहले भने अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्दै राय बझाएका थिए । न्यायाधीशहरुबीच मत बाझिएको खण्डमा बहुमतलाई आधार मान्ने नियम बमोजिम उक्त आदेश दिइएको हो ।



यसअघि सरकारले भारतीय कम्पनी आइउलएन्डएफएसलाई त्रिभुवन विमानस्थलको ब्यबस्थापनको जिम्मा दिने तयारी गरेको थियो । देशको मूल प्रवेशद्वारको रुपमा रहेको अन्तर्राष्टिय विमानस्थलको जिम्मेवारी नै भारतीय कम्पनीलाई विना प्रतिष्पर्धा दिने सरकारी तयारीको चौतर्फी विरोध भईरहेको छ ।

 

– RSS