रहस्यमय दुर्घटनाको सत्य तथ्य छानबिन गर्न कांग्रेस ठुला पोखराको माग



एक स्थानिय कार्यक्रममा स्व. चन्द्रमणि पाण्डे।

 

– प्रेमनारायण आचार्य


  अर्घाखाँची १४ साउन  । रहस्यमय मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति तथा काग्रेस ठुलापोखराका सभापति चन्द्रमणी पाण्डेको सत्य तथ्य छानबिन गरि दोसिलाई कानुनी कारबाही गर्न  नेपाली काग्रेस ठुलापोखराले माग गरेको छ ।


  नेपाली काग्रेस ठुलापोखराले ११ औ दिनको पुण्य तिथीको अबसरमा ठुलापोखरामा  गरेको श्रदान्जली कार्यक्रममा घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गरेको हो । दोषी पत्ता लगाई कारवाही गर्नुको साटो उन्मुक्तीको कु_ित्सत प्रयास गरेमा संघस्रका कडा कार्यक्रम तय गरी वास्तविक अपराधी पत्ता लगाउने कार्यमा लागि पर्ने उनीहरुले बताएका छन् ।

 

श्रदान्जली सभामा काग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय उपसभापति केदारनाथ भुसाल  छत्रगाजका सभापति कैलास कुमार श्रेष्ठ हेपो ईन्चार्ज बिश्वदेब न्यौपाने नारायण प्साद भटराई खडानन्द पौडेल ज्ञानप्रकास पाण्डे उमालेका मित्रलाल आचार्य  नेबिसंघका प्रकास पौडेल लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम ठुलापोखराका काग्रेसका सभापति कृष्णप्रसाद पौडेलको  अध्यक्षता र गोपाल प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको हो ।


  गएको  असार ३१ गते गोरुसिङ्गेबाट रातको करिब ९ बजेको समयमा सन्धिखर्क तर्फ अउँदै गर्दा कपिलबस्तुको बीरपुर क्षेत्रमा रहस्यमय मोटरसाइकल दुर्घटनामा परी घाईते भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको गएको साउन ४  गतेका दिन काठमाण्डौ स्थित न्यूरो अस्पतालमा  निधन भएको थियो ।

 

 

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु