रहस्यमय दुर्घटनाको सत्य तथ्य छानबिन गर्न नेबिसघको माग, एक घण्टा सन्धिखर्कमा चक्का जाम गर्ने


 

– प्रेमनारायण आचार्य

 
अर्घाखाँची १४ साउन  । रहस्यमय मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको सत्य तथ्य छानबिन गर्न नेपाली काग्रेस अर्घाखाँचीले माग गरेको छ ।


  नेपाल बिद्यार्थी संघले  एक प्रेस बिज्ञप्ती जारी गरि घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गरेको हो ।


  गएको  असार ३१ गते गोरुसिङ्गेबाट रातको करिब ९ बजेको समयमा सन्धिखर्क तर्फ अउँदै गर्दा कपिलबस्तुको बीरपुर क्षेत्रमा रहस्यमय मोटरसाइकल दुर्घटनामा परी घाईते भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको गएको साउन ४  गतेका दिन काठमाण्डौ स्थित न्यूरो अस्पतालमा  निधन भएको थियो ।


  नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीको नेतृत्वमा ५ सदस्यिय टोली साउन ६ गतेका दिन कपिलवस्तु पुगेर स्थानिय ब्यक्ति प्रहरी प्रशासन र अभियुक्तहरुलाई भेटी वास्तविक अपराधीलाई पत्ता लगाई कारवाहि गर्नको लागि स्थनिय प्रशासनलाई अनुरोध गरेर फर्केको थियो ।


   अभियुक्तहरुले क-कसलाई उक्त दिन फोन सम्पर्क गरेका थिए घटना पश्चात अभियुक्त मध्येकै ब्यक्तिले मुख्य अभियुक्तलाई घटना घटेको ५ मिनेट भित्रै घटना स्थल पुगेर उद्धार गरेको तर गम्भिर घाइते चन्द्रमणी पाण्डेलाई कुनै वास्ता नगरेको मृतकको मुखमा बाहेक शरिरको अन्य कुनै पनि भागमा घाउचोट नभएको आदि इत्यादि शंकास्पद कुराले रहस्यमय तवरले घटना घटाइएको हुँदा अविलम्ब छानबिनको माग प्रेस बिज्ञप्ति मार्फत गरिएको छ ।


  नेपाल बिद्यार्थी संघका जिल्ला उपाध्यक्षहरु रमेश मरासिनी दुर्गा खनाल  सिजृना भुसाल र सचिब युबराज पाण्डे द्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ।  प्रहरी प्रशासनले घटनामा संलग्न अभियुक्तहरुलाई  पक्राउ गरी दोषी पत्ता लगाई घटनाको यथार्थ छानविन गरी अपराधीलाई कारवाही गर्न नेपाल बिद्यार्थी संघले जोडदार माग गर्दछ भनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।


 बिज्ञप्तिमा भालि दिउसो १ बजे देखि २ बजे सम्म एक घण्टा सन्धिखर्कमा चक्काजाम गर्ने पनि उल्लेख गरिएको छ ।


  बिज्ञप्तिमा हाम्रो आग्रहलाई बेवास्ता गरी दोषी पत्ता लगाई कारवाही गर्नुको साटो उन्मुक्तीको कुत्सित प्रयास गरेमा संघस्रका कडा कार्यक्रम तय गरी वास्तविक अपराधी पत्ता लगाउने कार्यमा लागि पर्ने ब्यहोरा समेत उल्लेख गरिएको छ ।

 

 


Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु