मुख्य सचिव छनौटमा वरियता मिचेको भन्दै तीन सचिवहरुद्धारा राजीनामा

प्राप्त समाचार अनुसार मुख्य सचिव छनौटमा वरियता मिचेको भन्दै सोमबार तीन सचिवले राजीनामा दिएका छन् ।

 

समाचार अनुसार बहालवालामध्येका बरिष्ठ निर्वाचन आयोगका सचिव शंकर कोइराला, प्रधानमन्त्री कार्यालयका कानुन सचिव त्रिलोचन उप्रेती र गृहसचिव सुशील जंगबहादुर राणाले राजीनामा दिएका हुन् ।

 

तीनै जनाले निजामति ऐनको दफा १९ मा बहालवाला सचिवमध्ये ज्येष्ठता र कार्यकुशलताको आधारमा मुख्यसचिवमा बढुवा हुनुपर्नेमा कनिष्ठलाई मुख्यसचिव बनाएको भन्दै राजीनामा दिएका हुन् ।

 

मुख्यसचिवका १३ प्रतिस्पर्धीमध्ये सवैभन्दा बरिष्ठ सचिव कोइरालाले प्रधानमन्त्री कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । कोइरालाले मुख्यसचिव नियुक्तिले बरिष्ठता र ज्येष्ठताको उपेक्षा गरेको राजीनामापत्रमा उल्लेख गरेका छन् ।

 

गृह सचिव राणाले मुख्यसचिव नियुक्तिमा बरिष्ठतालाई ख्याल नगरेको भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।

सोमबार कार्यालय पुग्नेवित्तिकै कोठा कोठामा जाँदै उनले आफूले राजीनामा दिएको बताए । ‘म बिदा बसेको होइन, राजीनामा नै दिएको हुँ,’ उनको भनाइ उद्धृत गर्दै एक कर्मचारीले भने, ‘आजदेखि म कार्यालय आउन्न ।’

 

राणाले आफ्नो कार्यकालयमा सहयोग गरेको भन्दै कर्मचारीलाई धन्यवाद दिएका छन् । उनी २०६८ असोज १ गतेदेखि गृहमन्त्रालयमा थिए । राणा नवनियुक्ति मुख्यसचिव लीलामणि पौडेलभन्दा बरिष्ठ हुन् ।

 

सरकारले आठौं बरीयताका पौडेललाई मुख्यसचिव बनाएपछि पौडेलभन्दा बरिष्ठ सचिव उप्रेतीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेरै राजीनामा दिएका हुन् ।

 

 

 





 

काठमाडौं – प्राप्त समाचार अनुसार मुख्य सचिव छनौटमा वरियता मिचेको भन्दै निर्वाचन आयोगका सचिवले शंकर कोइरालाले आज राजीनामा दिएका छन् । मुख्य सचिव लिलामणि पौडेल मार्फत् उनले प्रधानमन्त्रीलाई यस्तो राजीनामा बुझाएका हुन् ।  

समाचार अनुसार बहालवाला सचिवमध्ये योग्यताक्रमको पहिलो र कार्यकुशलताको आधारमा पनि उत्कृष्ठ हुँदाहुँदै अन्यथा निर्णय भएकाले समग्र निजामती प्रशासनको मनोबल कमजोर नहोस भनेर राजीनामा दिएको उनले बताए । ‘सरकारको निर्णयले कर्मचारी प्रशासन जस्तो अनुसाशित, मर्यादित, र व्यवसायी स्थायी संयन्त्र कमजोर तुल्याएको’ उनले प्रधानमन्त्रीलाई लेखेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।


प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो राजनीतिक अग्राधिकार प्रयोगगर्दै हिजो मुख्य सचिवमा वरिष्ठतामा आठौं नम्बरमा रहेका लिलामणी पौडेललाई नियुक्त गरेको थियो।


वरिष्ठताको आधारमा शंकर कोइराला एक नम्बरमा थिए। त्यसपछीको वरियतामा अवनिन्द्रकुमार श्रेष्ठ, वामनप्रसाद न्यौपाने, श्याम मैनाली, भगवतीकुमार काफ्ले, ताना गौतम, सुशीलजंग राणा, लीलामणि पौडेल, वृन्दा हाडा, बालानन्द पौडेल, उमाकान्त झा, ज्ञानचन्द्र आचाय र त्रीलोचन उप्रेती थिए। पौडेल वरियता क्रममा आठ नम्बरमा पर्छन्।


पौडेलले भ्रष्टाचार विरोधी र प्रधानमन्त्रीको विश्वास पात्रका आधारमा दौडमा रहेका वरिष्ठलाई उछिने। वरिष्ठता मिच्दै हिजोको मन्त्रिपरिषद्को बैठकले साउन २१ गते माधव घिमिरेले अनिवार्य अवकास पाएपछि पौडेल स्वत मुख्य सचिव हुने निर्णय गरेको छ ।


प्रधानमन्त्री बाबुराम पौडेलकोपक्षमा भएपनी सत्तासाझेदार मधेसी दलका मन्त्रिहरु वरिष्ठताको आधारमा शंकर कोइराला र नभए उमाकान्त झाको पक्षमा देखिएपछी मुख्य सचिवको चयनमा सहमती बन्न सकेको थिएन ।

विशेषत उप-प्रधान तथा गृहमन्त्रि विजयकुमार गच्छदार पौडेल विरुद्ध थिए। गृहमन्त्री विजयकुमार गच्छदारले कोइरालालाई समर्थन गरेका थिए। अन्य मधेसी दलका मन्त्रिहरू उद्योग सचिव उमाकान्त झाको पक्षमा थिए।