प्रधानमन्त्री भट्टराईले घोषणा गरेको मिति मंसिर ७ मा चुनाव हुन नसक्ने निर्वाचन आयोगको घोषणा

काठमाडौं – प्राप्त समाचार अनुसार प्रधानमन्त्री बाबुराम भट्टराईले घोषणा गरेको मिति मंसिर ७ मा चुनाव हुन नसक्ने निर्वाचन आयोगले जनाएको छ।

 

आयोगले संवैधानिक, कानुनी जटिलता र राजनीतिक दलहरुबीच सहमति नभएकोले मंसिर ७ मा चुनाव हुन नसक्ने जनाएको छ ।

 

सोमबार आयोगले पत्रकार सम्मेलन गरी विद्यमान ऐन कानुनमा संशोधन र दलहरुबीचको सहमति दुवै कुरा नभएको भन्दै निर्वाचन गर्न नसक्ने जनाएको हो।


समाचार अनुसार ‘थप तयारीका लागि बाँकी रहेका दिन पर्याप्त नहुने भएकाले आयोगले यो मितिमा निर्वाचन गर्न नसक्ने जनाएको हो’, पत्रकार सम्मेलनमा निमित्त प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भने- ‘हामी समयसीमा धेरै लचक हुँदा पनि तर पनि वातावरण बन्न सकेन।’


यसअघि साउन ७ गतेसम्म समय सीमा दिएर आयोगले सरकारलाई गर्नुपर्ने काम सक्न भनेको थियो। ‘यो पछि पनि लचक भएर हामी थप केही दिन कुर्यौं’, उप्रेतीले भने- ‘तर पनि वातावरण नबनेपछि आयोगले बाध्य भएर सक्दिनँ भन्नु परेको हो।’