मलाई बोल्न मन लाग्यो

– बाबु रोका (मगर)
असुरकोट-९ अर्घाखाँची हाल( न्यू दिल्ली,भारत)


 

मेरो अघी-अघी हिंड्ने माया सँग खोइ किन हो
बोलु-बोलु लाग्यो मलाई|
ह्रिदयको बन्द ढोका खोइ किन हो
खोलु-खोलु लाग्यो मलाई|

बोलाउ भने तिमीलाई वात लाग्छकी भन्ने डर
न बोलाउ त तिमीलाई पाप लाग्ने डर|
बताउन हे सोल्टिनी नानी के हो,कहाँ पर्‍यो तिम्रो नाऊ र गाउँघर?


के भनेर बोलाउ खोइ थाहा छैन के हो तिम्रो नाऊ
जाउ भने तिमी संगै थाहा छैन कहाँ हो तिमी पुग्ने ठाउँ ?


जाँदै छ्यौ तिमी कहाँ एकपटक फर्केर त हेर
म पनि त तिम्रै लागि पर्खिरहेको छु मात्र एक पटक मुस्कुराएर त हेर |

 


Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।