हातमा शिप भएर पनि काम मिल्दैन विदेशमा नेपालीलाई

– पशुपती श्रेष्ठ

 

दोहा कतार । नेपालको बढदो बेरोजगारी राजनितिक अस्थिरता बन्द हडताल अनि कसैको लहलहैमा लागेर प्रदेशमा आएका नेपाली युवाहरु लाखौ छन्।

 

घरको आर्थिक अवश्था कमजोर तथा परीवारलाई सुखि अनि खुशि पार्न नेपालमा रोजगारीको श्रृजना नमिलेपछि लाखौ रुपैयामा आफुले आफुलाई नै बेचि प्रदेशिएका युवाहरु वर्षौ सम्म प्रदेशमा बस्नुपर्ने बाध्यता छ।


दिनहु १२/१३ घण्टा सम्म आगो जस्तो घाममा बर्खामासको झरीमा लिछिप्पै भए जस्तै गरी जसो तसो आएको ॠण तथा गाउँघरमा सोचिने नराम्रो दृष्ट्रिकोणले गर्दा पनि २ वर्षको करार अवधि अनुसार बस्नुपर्ने बाध्यता छ। १० वर्ष यताबाट प्रदेशि जिवन काटिरहेका नुवाकोट ५ लातेवाजका राजकुमार श्रेष्ठ नेपालमा छदा सुपादेउराली टुर एण्ड ट्राभ्सलमा सहचालकको रुपमा काम गरेका श्रेष्ठ दिल्लीमा केहि वर्ष र अहिले कतारमा ५१ महिना काटिसकेका रहेछन्।

 


राजकुमार श्रेष्ठ ।

 

देशमा बढदो बेरोजगारी र राजनिति खिचातानि र बन्द हडतालले गर्दा जिविको पार्जन गर्न नसकेपछि उनि विदेशिएका रहेछन्। कतारको एक कम्पनिमा इलेक्ट्रिसियनको हेल्परमा आएका श्रेष्ठ अहिले काम जानेर इलेक्ट्रिसियन काम गर्दै रहेछन्। महिनामारी १२ सय रियल तन्ख्वा खादै आएका उनि खुशि छैनन्। यहाँ आएर काम सिकेको र कतारको ड्राईभर लाईसेन समेत निकालेको उनले बताए। कम्पनिले ड्राईभरको काम दिएको छैन अब घर फर्किएरअन्य देशमा जाने विचार गरेको छु।

 

उनि भन्छन प्रदेशमा कमाउन आएको हो यति थोरै पारिश्रमिकमा काम गर्न जागर छैन। कतिले हातमा  शिप नभएर महिनामारी ७/८ सयमा पनि काम गरेका छन आफुले शिप जानेर पनि काम पाएको छैन्। अब घर फर्किने विचार गरेको छु। हेरौ कम्पनिले ड्राईभर काम नदिए छिट्टै नेपाल फर्किने श्रेष्ठले बताए। श्रेष्ठ मात्र नभई धेरै नेपालीहरु विदेशमा भनेको काम र दाम नपाएर पनि बसेका छन्। लाखौ रुपैयामा बेचिएर यो आगो जस्तो घाममा काम गरीरहेका नेपालीहरुको हालत कस्तो होला? तेस्तै अर्का एक पोखराका बावुराम सुवेदी पनि दुई वर्ष पहिले कतार आएका सुवेदि अहिले घर जान भनि दुई महिना यताबाट कोठामा बसिरहेका रहेछन्। तर कम्पनिले भने आज दुई महिना बितिसक्दा पनि घर पठाएको छैन्।

 


बावुराम सुवेदी ।

 

उनि भन्छन घर जान भनि बसेको छु कम्पनिमा कहिले पठाउछस मलाई घर भन्दा भोली पर्सि भन्दै दुई महिना बितिसक्यो यहाँ बसेको पैसा पनि दिदैन न त घर पठाउछ उनले भने यो कम्पनिले म मात्र नभई अन्य साथिहरुलाई पनि दुई तिन महिना बसालेर मात्र घर पठाएको थियो।


मलाई कहिले पठाउने हो दुई वर्षको करार अवधि पुरा गरेर पनि घरमा जानु छैन घरको धेरै याद आएको छ। उनि भन्छन अब विदेशमा भनेपछि कहिल्यै नआउने पनि बताए। यस्ता दुख पिडाहरुलाई कसले बुझिदिन्छ त यिनै नेपालीले कमाएर पठाएको रेमिट्यान्सले देश चलेको छ र पनि प्रवासि नेपालीको दुखलाई नहेरेर  आफ्नो मात्र स्वार्थ हेरिरहेको नेपाल सरकारले कहिले दिन्छ त पर्देशी नेपालीहरुलाई मलम र पट्टी?