स्वर्गिय पाण्डेको आज १३ औ पुण्यदिनको अवसरमा ठुलापोखरामा श्रद्धाञ्जली सभा


 

– प्रेमनारायण आचार्य 



ठुलापोखरा । रहस्यमय मोटरसाइकल दुर्घनामा परी मृत्यु भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको १३ औ दिनको पुण्यदिनको अबसरमा आज नेपाली काग्रेस क्षेत्र नम्बर १ ले ठुलापोखरामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । 



गएको  असार ३१ गते गोरुसिङ्गेबाट रातको करिब ९ बजेको समयमा सन्धिखर्क तर्फ आउदै गर्दा कपिलबस्तुको बीरपुर क्षेत्रमा रहस्यमय मोटरसाइकल दुर्घटनामा परी र्घाईते भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको गएको साउन ४  गतेका दिन काठमाण्डौ स्थित न्यूरो अस्पतालमा  निधन भएको थियो । 



श्रद्धाञजली सभामा नेपाली काग्रेसकि केन्द्रिय सदस्य पुस्पा भुसालले रहस्यमय मोटरसाइकल दुर्घटनाको सत्य तथ्य छानबिन गर्न काग्रेसले पहल गर्ने बताउदै राजनितिक तथा समाजसेबी बिकासबादी पाण्डेले देखाएको बाटोमा सधै हिड्ने बताउनु भयो । उहाले पाण्डेको निधनले सिंगो काग्रेस पाटी मात्र नभइ सारा नेपालीलाई क्षति पुगेको बताउनु भयो ।



कार्यक्रममा काग्रेसका जिल्ला कार्य समितिका उपसभापति हरिहर आचार्य , सचिब बासुदेब आचार्य, लोकेन्द्र बिक, हरिबहादुर खड्का, पुर्व पाटी सभापति पिताम्बर शर्मा, महाधिबेसन प्रतिनिध तथा जिल्ला सदस्य बिष्णुप्रसाद खनाल मुस्कान, महा समिति सदस्य लक्ष्मी श्रेष्ठ , क्षेत्रिय सभापति मणिराम पौडेल, सबै गाँउ कार्य समितिको सभापतिको तर्फबाट बल्कोटका सभापति बिष्णु भुसाल, लगायतले मन्तब्य राख्नु भएको थियो । 



कार्यक्रम केदारनाथ भुसालको अध्यक्षता र बिष्णु क्षेत्रीको संचालनमा सम्पन्न भएको हो । 







Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।